समाज

हिविस्कसका विद्यार्थीहरुद्धारा बाढी पीडितलाई सहयोग


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरुले दीवा खाजाको पैसा बचाएर रसुवा बाढी पीडीतको लागि सहयोग गरेकाछन् ।
विद्यार्थीहरुले वुधवारको खाजाको पैसा बचाएर रसुवाका बाढी पीडितका लागि सहयोग गरेका हुन ।
हिविस्कस बाल क्लवको आयोजनामा भएको सहयोग संकलनमा २० हजार ६ सय ९० रुपैया संकलन भएको क्लवका पूर्व अध्यक्ष प्रज्ञान राईले बताए । उनले एक दिनको खाजाको पैसा बचाउदा कसैलाई केही मात्रामा भएपनि सहयोग गर्न सकिन्छ भने किन नगर्ने भन्ने उदेश्यले सवै विद्यार्थीहरुबाट खाजाको पैसा संकलन गरीएको बताए ।
संकलित रकम क्लवका पदाधिकारीहरुले स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईलाई हस्तान्तरण गरेका थिए । निर्देशक राईले विद्यार्थीहरुले दिएको रकममा शिक्षक कर्मचारीहरुको तर्फबाट १ दिनको तलव बापत २२ हजार ५ सय ८० र र स्कुलको तर्फबाट २७ हजार ४ सय २० रुपैया थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने जानकारी दिएकाछन् ।
उनले एउटा नागरीकलाई समस्या भएको बेला अर्को नागरीकले सहयोग गर्नु आफ्नो कर्तव्य भएको वताए । समस्या परेको बेला आफ्नो ठाउबाट जति सहयोग गर्न सकिन्छ गर्न सवैलाई अनुरोध समेत गरेकाछन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले