समाज

रसुवाका बाढीपीडितलाई शेर्पा संघ दक्षिण कोरियाको सहयोग

धरान: शेर्पा संघ दक्षिण कोरियाले रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ४८ हजार ८८३ आर्थिक सहयोग प्रदान गरेको छ। संघका अनुसार उक्त रकम ३१ लाख ८१ हजार १७५ कोरियन वन बराबर हो।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संघले जनाएको छ। संघले ३० अगस्ट २०२६ मा पत्र जारी गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु आफ्नो मानवीय दायित्व भएको उल्लेख गरेको छ।

संघले आगामी दिनमा पनि विपद्का समयमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संघका महासचिव निम्नुरी खापा शेर्पा र अध्यक्ष दोर्चि शेर्पाद्वारा हस्ताक्षरित पत्रमा “पीडित परिवारको दुःखमा हाम्रो साथ—मानवीय सेवामा हाम्रो हात” भन्ने सन्देशसमेत उल्लेख गरिएको छ।

विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने शेर्पा संघ दक्षिण कोरियाको यस पहलले प्रवासी नेपालीको मानवीय भावना, आर्थिक सहयोग तथा सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले