
धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजना र धरान उपमहानगरपालिकाको प्रायोजनमा सञ्चालन भएको सुनसरी जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८३ तथा खुल्ला भेट्रान्स डबल्स (४५+) ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
असार २० देखि २१ गतेसम्म धरानस्थित अमर सेवा समाजको बहुउद्देश्य हलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाले गरेको थिए भने समापन समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र बिक्रम बेघा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथी बेघाले बिद्यालय स्तर बाटनै खेलाडी उत्पादन गर्ने उद्वेश्यले संचालन भएको व्याडमिन्टन प्रतियोगिताले सक्षम खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। विद्यार्थीहरुको सर्वाङगीण विकासको लागि यस्ता प्रतियोगिताहरुले सहयोग गर्ने बताए।
कार्यक्रमका सभापति सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतीक श्रेषठले प्रतियोगिताको उद्देश्य सुनसरी जिल्ला भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुका साथै ४५ वर्षमाथिका खेलाडीलाई सम्मान गर्दै स्वास्थ्य प्रवर्द्धन र आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको जनाकारी दिए।
दुई दिनसम्म चलेको प्रतियोगितामा ३५ जना विद्यार्थी र ३२ जना भेट्रान्स खेलाडीहरुको सहभागिता रहेको थियो।
प्रतियोगिता अन्तर्गत अन्डर – १७ गर्ल्स तर्फ सबिता दाहाल प्रथम, निहारिका राई द्वितीय भए भने आभुषा, निला र ईशा लामा तृतीय भए।
अन्डर १७ ब्वाईज तर्फ मिसेक चोङवाङ प्रथम, आर्यन विश्वकर्मा द्वितीय भए भने प्रमिस प्रधान तृतीय भए।
अन्डर–१४ ब्वाइज तर्फ प्रधान ढकाल प्रथम, मिङ्सो लिम्बु द्वितीय भए भने निशान शेर्पा, जयमन डाँगी तृतीय स्थान हासिल गर्न सफल भए।
त्यस्तै, भेट्रान्स डबल्स (४५+) तर्फ श्याम लामा, श्रवण चौधरीको प्रथम, सुरेश नेम्बाङ द्वितीय भए भने वियन प्रधान, नारायण श्रेष्ठ राजकुमार योङ्हाङ, रणधोज राई तृतीय भए। बिजेताहरुले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका छन।


