खेलकुद

मेयर कप स्कुल ओलम्पिक: सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन


धरान: धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत सम्पन्न सेपाकताक्रो प्रतियोगिताको उपाधि लिगामेन्ट स्कुलले जितेको छ।
शुक्रबार भएको फाइनल खेलमा प्रभात स्कुललाई सोझो सेटमा पराजित गर्दै लिगामेन्ट च्याम्पियन बन्न सफल भएको हो। पहिलो सेट १७–१५ तथा दोस्रो सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै लिगामेन्टले उपाधिमाथि कब्जा जमायो।
प्रतियोगितामा प्रभात स्कुल उपविजेतामा सीमित रह्यो। नेपाल प्रहरी स्कुलले दोस्रो उपविजेता तथा ज्वालामुखी स्कुलले तेस्रो स्थान हासिल गरेका छन्।
सेपाकताक्रोमा धरानभरका १३ वटा स्कुलको सहभागीता रहेको थियो ।
मेयर कप स्कुल ओलम्पिक अन्तर्गत असार १३ गते देखि विभिन्न विधाका प्रतिस्पर्धा भैरहेका छन भने केही प्रतियोगिता जारी रहेका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक