
धरानः धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिकमा बुधवार सम्पन्न कराते प्रतियोगिताको पुरुष तथा महिला दुवै विधाका विभिन्न तौल समूह र एकल काता प्रतिस्पर्धामा विजेताहरू घोषित भएका छन्।
पुरुष एकल कातातर्फ पब्लिक स्कुलका तायाहाङ राईले स्वर्ण पदक जिते भने युनाईटेड गोरखा स्कुलका तायाहाङ राई दोस्रो भए। श्री माविका प्रदीप लिम्बु र पब्लिक स्कुलका पुजल राई संयुक्त तेस्रो स्थानमा रहे।
तौल समूहको २० केजीमा ज्ञानकुञ्जका अर्पिन मगर, २५ केजीमा टिपटपका सेन्सार केसी, ३० केजीमा सुनाखरीका सिकमन लिम्बु, ३५ केजीमा पब्लिकका तायाहाङ राई, ४० केजीमा सुनाखरीका मिनिहाङ लिम्बु, ४५ केजीमा ज्ञानकुञ्जका मुक्साम लिम्बु, ५० केजीमा युनाईटेड गोरखा स्कुलका रोनिश कार्की, ५५ केजीमा पब्लिकका रुविन लाम्गादे तथा ५५ केजीभन्दा माथि लिगामेन्टका सन्जोग लिम्बुले स्वर्ण पदक जिते।
महिला एकल कातातर्फ सिद्धार्थकी सुवस्ता श्रेष्ठ प्रथम भइन्। डिपोटकी निहाङमा सुब्बा दोस्रो तथा पब्लिककी मानवी खतिवडा र पर्वतकी सुविन्सा राई संयुक्त तेस्रो भए।
महिलातर्फ २० केजीमा सुनाखरीकी अंशु राई, २५ केजीमा नोबेलकी बेनी श्रेष्ठ, ३० केजीमा सुनाखरीकी नुङनाङमा राई, ३५ केजीमा सुनाखरीकी चारु राई, ४० केजीमा सुनगाभाकी दिपिका राई, ४५ केजीमा सियोनकी संस्कृती केसी, ५० केजीमा लोटसकी ईतुसा लिम्बु, ५५ केजीमा युरेकाकी रितिका श्रेष्ठ तथा ५५ केजीभन्दा माथि दन्तकालीकी लाजिमा राईले स्वर्ण पदक जित्न सफल भए।
प्रतियोगिताको कराते विधामा सुनाखरी, पब्लिक, ज्ञानकुञ्ज, युनाईटेड गोरखा तथा अन्य विद्यालयका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ। विशेषगरी सुनाखरी र पब्लिक स्कुलका खेलाडीहरूले विभिन्न तौल समूहमा लगातार पदक जित्दै आफ्नो प्रभावशाली उपस्थिति जनाएका छन्। प्रतियोगितामा जम्मा ३५ वटा विद्यालयको सहभागिता रहेको थियो। जम्म खेलाडी २ सय ६२ जनाले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो।


