खेलकुद

मेयर कप स्कुल ओलम्पिक: उसु प्रतियोगितामा माउन्ट हर्मन च्याम्पियन


धरान: धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिकको आज बुधबार भएको उसु प्रतियोगितामा माउन्ट हर्मन स्कुल च्याम्पियन बनेको छ। ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ह्याप्पी केयर दोस्रो तथा ओशिस विद्यालय तेस्रो स्थानमा रहे।
प्रतियोगितामा छात्र र छात्रातर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो। छात्रातर्फ माउन्ट हर्मनका खेलाडीले अधिकांश तौल समूहमा स्वर्ण जित्दै टोलीलाई समग्र उपाधि दिलाए। ह्याप्पी केयरका खेलाडीले पनि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान सुरक्षित गरे।
छात्रतर्फ माउन्ट हर्मनसँगै ओशिस बोर्डिङ स्कुल,पब्लिक हाई स्कुल,सेन्ट जोसेफ, नेपाल पुलिस स्कुल, सदन मावि, लोटस विद्यालय र आदर्श माविका खेलाडीले पनि आ–आफ्ना तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भए।
छात्रातर्फ २० केजी तौल समूह अन्र्तगत माउण्ट हर्मनका तानहाङ राई प्रथम भए । दोस्रो माउण्ट हर्मनकै रिदिया राई दास्रो भईन । २४ केजी तौल समूह ह्याप्पी केयरकी कृति विश्वकर्मा प्रथम, माउण्ट हर्मनकी निमा लिम्बु दोस्रो त्यस्तै ३० केजी तौल समूहतर्फ माउन्ट हर्मनकी सोनिया मगर प्रथम, ह्याप्पी केयरकी लिहाङमा लिम्बु दोस्रो,ह्याप्पी केयरकै रिजा राई तेस्रो भईन । ३५ केजी तौल समूहतर्फ माउण्ट हर्मनकी सबिना तामाङ प्रथम, ह्याप्पी केयरकी रियान्सी दास दोस्रो र ह्याप्पी केयरकै रोनी राई तेस्रो भईन । ४० केजी तौल समूह तर्फ माउण्ट हर्मनकी आरोही राई तामाङ प्रथम, सदन स्कुलकी जोनी राई दोस्रो र हप्पी केयरकी
आहान गोयल तेस्रो भईन । ४५ केजी तौल समूह तर्फ माउण्ट हर्मनकी सुनु राई प्रथम, माउण्ट हर्मनकै खुसी राई दोस्रो भईन । त्यस्तैगरी ४८ केजी समुह तर्फ माउण्ट हर्मनकी मनिष तामाङ प्रथम, सदन स्कुलकी तायामा राई दोस्रो भईन । भने ५० केजी तौल समूहतर्फ माउण्ट हर्मनकी नाम छुहाङ राई प्रथम, माउण्ट हर्मनकै रिदिमा राई दोस्रो भईन । ५६ केजी तौल समुह तर्फ माउण्ट हर्मनका निनम्मा राई प्रथम र दोस्रो जोस्ना मगर दोस्रो भईन । ६० केजी तौल समुह तर्फ माउण्ट हर्मनका सभ्यता राई प्रथम, मिन्छा सुनुवार दोस्रो, हेलमो शेख तेस्रो भईन ।
छात्रतर्फको २५ केजी तौल समूह तर्फ माउण्ट हर्मनका अभिषेक पिप्ले प्रथम,ह्याप्पी केयरका नाइन्जेल गुरुङ दोस्रो,ह्याप्पी केयरकै मिहाङ राई तेस्रो भए ।

३० केजी तौल समूहतर्फ माउण्ट हर्मनका अविन चौधरी प्रथम,ह्याप्पी केयरका मोलिवन तामाङ दोस्रो र युवि गुभाजु तेस्रो भए ।
३५ केजी तौल समूह तर्फ सेन्ट जोसेफका कुदहाङ राई प्रथम, माउण्ट हर्मनका अञ्चल दोर्जे तामाङ दोस्रो भए । ४० केजी तौल समूह तर्फ ओशिस बोर्डिङ स्कुलका मौसम विक प्रथम, सदन स्कुलका रिदम राई दोस्रो भए ।
४५ केजी तौल समूह तर्फ ओशिस बोर्डिङ स्कुलका हेमन्त राई प्रथम, लोटस स्कुलका शालभ खड्का दोस्रो भए ।
५२ केजी तौल समूह तर्फ ओशिस स्कुलका आयुष मगर प्रथम, नेपाल पुलिस स्कुलका सागर राई दोस्रो र मनसुन राई तेस्रो भए ।
५५ केजी तौल समूह तर्फ पब्लिक हाई स्कुलका मुस्कान राई प्रथम आर्दश माविका रियान राना मगर दोस्रो र वान्स लिम्बु तेस्रो भए ।
त्यस्तै गरी ६० केजी तौल समूह तर्फ पब्लिक हाई स्कुलका अमित राई प्रथम, विमन बुढाथोकी दोस्रो र नेपाल पुलिस स्कुलका मिङसाङ मगर तेस्रो भए ।
समग्र नतिजाअनुसार माउन्ट हर्मन प्रथम, ह्याप्पी केयर दोस्रो र ओशिस विद्यालय तेस्रो बनेका छन्। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेल संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक