खेलकुद

मेयर कप स्कुल ओलम्पिक: ब्याडमिन्टनमा निहारिका, समर्थ, आयुषा, निशान, एलिना र जोनी च्याम्पियन


धरान: धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत ब्याडमिन्टन प्रतियोगिताको फाइनल मंगलबार सम्पन्न भएको छ।
यू–१२, यू–१४ र यू–१६ उमेर समूहका छात्र तथा छात्रातर्फ नयाँ च्याम्पियनको टुंगो लागेको हो।
यू–१२ छात्रातर्फ केके स्कुलकी निहारिका राई प्रथम भइन्। होली ल्यान्ड स्कुलकी अकेशा राई द्वितीय हुँदा सिर्जना सेकेण्डरी स्कुलका रोमिका लिम्बु र जिना लिम्बु तृतीय भईन।
यू–१२ छात्रतर्फ होली गार्डेन स्कुलका समर्थ श्रेष्ठ प्रथम भए। नेपाल पब्लिक स्कुलका शोयम श्रेष्ठ द्वितीय हुँदा रुशम श्रेष्ठ र सम्झिक हाङ लिम्बु संयुक्त तृतीय स्थानमा रहे।
यू–१४ छात्रातर्फ सैनिक र शहीद स्कुलकी आयुषा निरौला प्रथम भइन्। डिपो स्कुलकी सान्भी लिम्बु द्वितीय हुँदा नागसाल तामाङ र सुङ्गभा मगर तृतीय भए।
यू–१४ छात्रतर्फ पब्लिक स्कुलका निशान शेर्पा प्रथम बने। नेपाल पब्लिक स्कुलका मिङ्स लिम्बु द्वितीय हुँदा विष्णु स्कुलका सुभान हाङ चोम्बाङ र नावेद आलम तृतीय स्थानमा रहे।
यू–१६ छात्रातर्फ होली ल्यान्ड स्कुलकी एलिना तामाङ प्रथम भइन्। सोही विद्यालयकी सोनिका मगर द्वितीय हुँदा डिपो स्कुलकी मेनिसा तामाङ र कलश राई संयुक्त तृतीय भए।
यू–१६ छात्रतर्फ होली ल्यान्ड स्कुलका जोनी श्रेष्ठ च्याम्पियन बने। नावाङ राई द्वितीय हुँदा प्रभात सेकेन्डरी स्कुलका नेम्साङ थापा मगर र शिक्षा सदनका फिलिप तामाङ संयुक्त तृतीय स्थानमा रहे।
ब्याडमिन्टन प्रतियोगिताको फाइनलसँगै तीनै उमेर समूहका प्रतिस्पर्धा सम्पन्न भएका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक