धरान विशेष

धरानको ‘स्मार्ट बसपार्क उद्धघाटन


धरान: धरान उपमहानगरपालिका–८ स्थित तीनकुने सुन्दरबस्ती जग्गा विकास आयोजना अन्तर्गत निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’को भौतिक निर्माण सम्पन्न भएको २ बर्ष उद्धघाटन भएको छ ।
शनिबार धरानका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले बसपार्क उद्धघाटन गरेका हुन । उद्धघाटन सँगै करिब २४ करोड ८६ लाख ९ हजार रुपैयाँ खर्चमा निर्माण भएको तीनतले टर्मिनल भवनसहितको बसपार्क सञ्चालन आएको छ । उद्धघाटका क्रममा कावा प्रमुख बेघाले भौतिक संरचना निर्माण सम्पन्न हुनु मात्रै पर्याप्त नभएको भन्दै यसको प्रभावकारी सञ्चालन र व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।
उनले भने ‘राजनीतिक मतभेद र जस कस्ले लिने होडबाजीभन्दा माथि उठेर, धरानको हितका लागि वर्तमान कार्यपालिका र सम्पूर्ण सरोकारवालाहरू दृढताका साथ अगाडि बढ्नु पर्छ ।’ֹ नयाँ बसपार्कलाई धरानको व्यवस्थित सहरीकरणको आधारका रूपमा उल्लेख गर्दै राजनीतिक मतभेदभन्दा माथि उठेर यसको सफल सञ्चालनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले भानुचोक केन्द्रित यातायात व्यवस्थालाई नयाँ बसपार्कमा स्थानान्तरण गर्दा सुरुवाती चरणमा केही असहजता आउन सक्छ । त्यसका लागि स्थानीय, यातायात व्यवसायी, टेम्पो तथा सिटी सफारी व्यवसायी सबैको सहकार्य आवश्यक रहने उनले बताए।
धरानले लामो समयदेखि प्रतीक्षा गरेको आधुनिक बसपार्कको निर्माण सम्पन्न भए पनि यसको वास्तविक सफलता भने सञ्चालन व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सरोकारवालाबीचको समन्वयमा निर्भर रहने देखिएको छ।
अदालती मुद्दा र कानुनी प्रक्रियाका कारण केही समय निर्माण प्रभावित भए पनि आयोजना अन्ततः सम्पन्न भएको हो। उपमहानगरपालिकाले यसलाई धरानको दीर्घकालीन सहरी विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिएको बताए ।

पूर्व मेयर तिलक राईले बसपार्क निर्माणमा भएको लामो ढिलाइका लागि राजनीतिक खिचातानी, अहङ्कार र श्रेय लिने प्रवृत्तिलाई जिम्मेवार रहेको ठहर गरे । बसपार्क योजना सुरु भएको ८ वर्ष भइसकेको र यति लामो समय लाग्नुमा राजनीतिक खिचातानी, एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति आन्तरिक कलह मुख्य कारण रहेको उनले औंल्याए ।
राजनीतिक दल र नेताहरूमा यो काम मैले मात्र गरेको हुँ भनी एकलौटी जस श्रेय लिने होडबाजी चलेका कारण काममा ढिलाइ भएको र यसले धरानबासीको भावनामा चोट पुर्‍याएको छ। उनले भने‘कसैले पनि यसलाई मैले मात्रै बनाएको हुँ भन्नु हुँदैन, यो धरानबासीको साझा सम्पती र साझा प्रयास हो।’
यथार्थ स्वीकार्नुपर्छ हिजो काम रोकिँदा वा विवाद हुँदा कसले कस्तो भूमिका खेल्यो र आज काम सम्पन्न हुँदा कसको योगदान छ भन्ने कुरा धरानका सचेत जनताले राम्ररी बुझेका छन्।
धरानमा धेरै आयोजनाहरू सुरु त भए तर राजनीतिक अहङ्कारका कारण ती समयमै सम्पन्न हुन सकेनन्। ८ वर्षमा एउटा बसपार्क पनि राम्रोसँग बन्न नसक्नु दुःखद भएको र यसको जवाफदेहिता नेतृत्वले लिनुपर्ने उहाँको तर्क छ।
हिजोका दिनमा भएका गल्ती र कमजोरीहरूलाई सच्याएर अब धरानलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औल्याए ।
धरानको समग्र विकासका लागि पूर्वाग्रह त्यागेर, सबै पक्षलाई समेट्दै र सहकार्यको वातावरण बनाएर अघि बढ्न आग्रह गरे ।
उनले बसपार्क कुनै एक व्यक्ति वा दलको उपलब्धि नभई सम्पूर्ण धरानबासीको साझा सम्पती भएको उल्लेख गर्दै विगतका कमजोरी सच्याएर सहकार्यको संस्कृतिबाट मात्रै धरानको विकास सम्भव हुने बताए ।
निवर्तमान उपमेयर मञ्जु भण्डारीले बसपार्क निर्माणमा सहयोग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, स्थानीय जग्गादाता तथा विभिन्न व्यक्तिहरूप्रति आभार व्यक्त गरिन्।
उनले सुरुवाती चरणमा स्थानीयको कडा विरोध र अविश्वास रहेको स्मरण गर्दै कठिन परिस्थितिबीच जग्गा व्यवस्थापन र विवाद समाधान गरेर आयोजना अघि बढाइएको योजनामा सञ्चालनमा आउदाँ सबै भदा बढी खुसी भएको बताइन्।
धरानको भविष्यलाई मध्यनजर गर्दै बसपार्क सफल बनाउन यातायात व्यवसायी, टेम्पो, सिटी सफारी तथा मजदुर सबैले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

करिब २७ कट्ठा क्षेत्रफलमा बनेको बसपार्कको मुख्य आकर्षण बेसमेन्टसहितको तीनतले टर्मिनल भवन हो। प्रत्येक तलाको क्षेत्रफल १ हजार ८४) वर्गमिटर रहेको छ।
बेसमेन्टमा पार्किङ सुविधा, दुई वटा सवारी र्‍याम्प, दुई वटा पैदल भर्‍याङ तथा भविष्यमा लिफ्ट जडान गर्न मिल्ने गरी ‘लिफ्ट भोइड’ निर्माण गरिएको छ।
भुइँतलामा १०५ सिट क्षमताको प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभीसहित सुरक्षा कक्ष, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, अपाङ्गमैत्री सार्वजनिक शौचालय तथा व्यापारिक प्रयोजनका लागि खुला स्थान राखिएको छ।
पहिलो तलामा १४ वटा व्यापारिक सटर, शौचालयसहित १२ वटा लज कोठा, रेस्टुरेन्ट, कफी सप र बसपार्क व्यवस्थापन कार्यालय निर्माण गरिएको छ।
बाहिरी क्षेत्रमा ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। साथै ८ हजार लिटर क्षमताको पानी तथा अग्नि नियन्त्रण ट्याङ्की र छुट्टै सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ।
बसपार्कको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने केही जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उक्त क्षेत्रमा निर्माण कार्य हुन सकेको छैन।
बसपार्क निर्माणको ठेक्का दुहबीस्थित बिल्कोइ–गीताञ्जली जेभीले पाएको थियो। बसपार्क निर्माणमा लागत अनुमान नगद ३३ करोड ७० लाख ४७ हजार थियो भने प्रारम्भिक ठेक्का रकम नगद २५ करोड ४१ लाख ६७ हजार, परिमार्जित ठेक्का रकम २४ करोड ९१ लाख ३ हजार रहेको थियो भने कुल खर्च २४ करोड ८६ लाख ९ हजार रहेको थियो
२०७८ असार ३० गते सम्झौता भएको आयोजनाको निर्माण २०८१ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।