खेलकुद

बेलकामाथि हाम्रो भेट्रानको गोल वर्षा, सेमिफाइनल यात्रा तय

धरान: धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रानले सुरुदेखिनै आक्रामक खेल प्रदर्शन गरेको थियो । टोलीको जितमा जिवन लिम्बु र पदम राई ले २/२ गोल गरे ।
जिवनले खेलको ११औँ र ३०औँ मिनेटमा गोल गरेका थिए भने पदमले २५औँ र २९औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । दोस्रो हाफको ३७औँ मिनेटमा अशोक राईले थप एक गोल गर्दै हाम्रो भेट्रानको जित सुनिश्चित गरे ।
बेलकाकालागि ५६औँ मिनेटमा केशव राईले एक गोल फर्काए ।खेल अवधिभर पाएका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा बेलका क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
खेलको म्यान अफ द म्याच राकेश राई घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा धरान भेट्रान, मिल्स भेट्रान, पूर्वेली भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान, विराट भेट्रान, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान रहेका छन् ।
भोलिको खेल पूर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक