अर्थ/ पर्यटन

‘कोशीमा बिहार उत्सव’ धरानमा, बिहारका पर्यटक भित्र्याउने लक्ष्य


धरान: बिहारका पर्यटक भित्र्याउने लक्ष्यसहित धरानमा दुईदिने ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर यही चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा उत्सव आयोजना गर्न लागिएको हो।
कोशी प्रदेश सरकारले निजी क्षेत्रको सहकार्यमा २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक लक्षित गर्दै उक्त उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विशेषगरी कोशी करिडोरका लागि भारतको बिहार राज्यका पर्यटकलाई मुख्य लक्षित समूह मानिएको छ।
उत्सव पर्यटन कार्यालय धरानको प्रवर्द्धन,सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एशोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा आयोजना हुन लागेको हो। कार्यक्रमलाई पर्यटन,संस्कृति, कला तथा व्यवसायको संगमका रूपमा प्रस्तुत गरिने जनाइएको छ।
आयोजकका अनुसार बिहारबाट आउने पर्यटकले धरानमा आफ्नोपन महसुस गर्न सकून्,र यहाँको संस्कृति,खानपान तथा स्थानीय नागरिकसँग आत्मीय सम्बन्ध विकास होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।साथै सीमापारका उद्योगी व्यवसायीबीच व्यापार, उद्योग तथा लगानीका सम्भावनाबारे अन्तरक्रिया समेत गरिने जनाइएको छ।
उत्सवमा भारतको बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहनेछ। कार्यक्रममा दुई देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध खाद्य स्टलहरू रहनेछन्।
कार्यक्रम संयोजक नारायण लिम्बुले धरानमा आयोजना हुन लागेको यो उत्सवले कोशी करिडोरका सम्पूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी हुन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन्।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको