खेलकुद

धरानमा चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ दौडको तयारी पूरा, ६०० धावक सहभागी हुने

धरान: पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ को चौथो संस्करणको तयारी पूरा भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा चैत्र १४ गते शनिवार हुने ९ किलोमिटर दूरीको ट्रेल दौडको तयारी पूरा भएको जानकारी दिइएको छ। प्रतियोगितामा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ।
दौड धरान–१८ रत्न चोकबाट सुरु भई मङ्गलवारे चोक हुँदै सर्दु खोलाको नयाँ पुल पार गरी विष्णुपादुकास्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगेर समापन हुनेछ।
गोर्खा सिमेट्री ट्रस्ट नेपालका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक अध्यक्ष महेन्द्र राईले विगत बर्षहरुर्झैँ यस वर्ष पनि दौडसँगै पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरूको सम्मानमा जीवित वीर गोर्खा योद्धाहरूलाई सम्मान गरिने जानकारी दिए। अध्यक्ष राईले दौड प्रतियोगिताले धरानको पर्यटन प्रबन्धन विकाश साथै धरानको नागरिकहरू स्वास्थ्य रहनुको लागी एवं खेल विकाशको लागी टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना भएको बताए ।
प्रतियोगिता महिला र पुरुषतर्फ छुट्टाछुट्टै हुनेछ। दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यस वर्ष प्रथम हुने पुरुष र महिला धावकलाई सन् २०२७ मा हङकङमा हुने गोर्खा ट्रेल रनमा सहभागी गराउने पहल गरिने आयोजकले जनाएको छ।
दौड उद्घाटन धरान–१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई ‘प्रवीण’ले गर्नेछन् भने समापन कार्यक्रम धरान–२० का वडाध्यक्ष पदम बहादुर राईको संयोजनमा सम्पन्न हुनेछ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक