मनोरञ्जन समाचार

याक्थुङ चलचित्रकर्मी संघको दोस्रो अधिवेशन, अध्यक्षमा पुनः नवीन मेन्याङ्बो

धरानः याक्थुम चलचित्रकर्मी संघ नेपालको शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट नवीन मेन्याङ्बो पुनः संघको अध्यक्ष चयन भएका छन् ।

शहीद स्मृति स्कुलको हलमा भएको अधिवेशनले मेन्याङवोको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नव गठित कार्यसमिति वरिष्ठ उपाध्यक्षमा दिलु सुब्बा, उपाध्यक्षहरुमा तेज मेन्याङवो, कर्ण लिम्बु, दिलिप कुरुम्वाङ, टेकराज तिगेला रहेका छन ।

महासचिवमा उदय कुरुम्वाङ, सचिवद्धय प्रकाश लिम्बु, मणिक लिम्बु, रमेश मावो कोषाध्यक्षमा संचमाया बरुहाङ, सह कोषाध्यक्ष सोम बहादुर लिम्बु चयन भएका छन ।

सदस्यहरूमा पूर्ण कला तेयुङ, डम्बर कुमारी मेन्याङवो,तिरज पालुङवा, बादल चेम्जोङ, कृष्ण लावती, गंगाराम जवेगु, टिका चेम्जोङ,शान्ती नाल्वो, दिपशिखा फोम्बो, बेरुजा फोम्बो, एलिसा चोङवाङ, पुष्पाञ्जली लिम्बु, हेमु स्मृती चोङवाङ, प्रेम कुमारी,सिता लिम्बु, टिका देवी थलङ, सञ्चमाया पन्धाक, बिष्णुमाया ,नर्वदा संयोक लिम्बु, समिता केरुङ छन ।

नवनिर्वाचित अध्यक्ष मेन्याङ्बोले याक्थुङ लिम्बु भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि चलचित्र क्षेत्रलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

संघले याक्थुङ भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि चलचित्र मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता