खेलकुद

‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२६’ को चौथो संस्करण चैत १४ गते धरानमा हुने


धरान: गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२६’ को चौथो संस्करण चैत १४ गते धरानमा हुने भएको छ।
यसपटक १० किलोमिटर दुरीको ट्रेल दौडमा ५०० देखि ७०० धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
दौड धरान–१८ रत्न चोकबाट सुरु भई मङ्गलवार चोक हुँदै विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल पार गरेर विष्णुपादुकास्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगेर समापन हुनेछ।
पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सिमेट्री ट्रस्ट नेपालका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक महेन्द्र राईले जानकारी दिए।
प्रतियोगिता महिला र पुरुषतर्फ छुट्टाछुट्टै हुने छ। दुवै विधाका विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता आयोजना हुँदै आएको हो।
यस पटक प्रथम हुने पुरुष र महिला धावकलाई सन् २०२७ मा हङकङमा हुने गोर्खा ट्रेल रनमा सहभागी गराउन पहल गरिने अध्यक्ष राईले बताए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक