धरान विशेष

जित–हारभन्दा ठूलो कुरा होईन, सत्य, न्याय, लोकतन्त्र र समुदायको हितका लागि मेरो उम्मेद्वारी हो: मनोज भट्टराई


धरान: नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभाका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईले जित–हारभन्दा ठूलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको बताएका छन्।
उनले सबै पार्टी, समुदाय र मतदातालाई समेट्ने समावेशी दृष्टिकोण र कथा, स्थानीय बोलीमार्फत लोकतन्त्र र न्यायको महत्व उजागर गरे। भूमिहीन, सुकुम्बासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी १ लाई विकास, समृद्धि र सामाजिक न्यायको केन्द्र बनाउने संकल्प रहेको बताए ।
आईतबार धरानको भानुचोकमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दे उम्मेदवार मनोज भट्टराईले भूमि ऐन २०११ को संरक्षण र भूमि ऐन २०२१ को संशोधन अनिवार्य रहेको बताएका छन्।
उनले वडाको सिफारिस, उपमहानगरपालिकाको समन्वय र स्थानीय तहको प्रत्यक्ष सहभागितामार्फत भूमिहीन, अव्यवस्थीत सुकुम्बासीलाई कानुनी रूपमा जग्गाधनी अधिकार दिलाउनुपर्ने स्पष्ट पारे।
उनका अनुसार आयात–निर्यात, जग्गा व्यवस्थापन तथा बसोबाससम्बन्धी सम्पूर्ण प्रक्रिया वडा सिफारिस प्रणालीमार्फत पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने बताए ।
भट्टराईले भने ‘हामी सिंगो सुनसरीका भूमिहीन, सुकुम्बासी र श्रमिक समुदायको पक्षमा छौँ । ” “सुकुम्बासीको वास्तविक मित्रशक्ति पार्टी भनेकै नेपाली कम्युनिष्ट पार्टी हो।”
उनले मरवाडी, मधेसी, मुस्लिम, आदिवासी जनजाति, थारु, चौधरी खास आर्य समुदाय लगायत धरान र सुनसरी क्षेत्रका सबै समुदायको व्यापक समर्थन आफूहरूलाई प्राप्त भएको दाबी गरे। उनले भने ‘हामी कसैलाई हराउन उठेका होइनौँ,हामी सुनसरी १ लाई विकास र समृद्धिमय बनाउन उठेका हौँ ।,”
आफू धरानकै माटोमा जन्मी, हुर्की,शिक्षा दिक्षासँगै आफनो तिनपुस्ता धरानसँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै उनले भने,
“म यहीँ जन्मेँ, यहीँ पढेँ, यहीँ बढेँको मान्छे हुँ। यहाँका ७०–८० प्रतिशत मानिसले मलाई व्यक्तिगत रूपमा चिन्छन्।”
उनले विगतका चुनावी अभ्यासप्रति आलोचना गर्दै भने,“चुनाव अगाडि नमस्ते गर्ने, विकासका सपना देखाउने,चुनाव सकिएपछि उम्मेदवारको फोटो पनि नदेखिने प्रवृत्तिले जनता निराश बनेका छन्।”
तर म तेस्तो व्यत्ति होईन तपाईहरुको सुख दुखको साथी र मलामी पनि हुँ । मर्दा र पर्दा म तपाईहरुकै साथमा हुनेछु ।

उम्मेदवार भट्टराईले आफ्नो चुनावी भावना “जित–हारभन्दा ठूलो सत्य र न्याय” भन्ने मूल मन्त्रमा व्यक्त गरेका छन्। उनले भने, व्यक्तिगत वा पार्टीगत मतभन्दा ठूलो कुरा लोकतन्त्र, सत्य र न्यायको विजय हो। भट्टराईले वास्तविक विजय केवल मत वा पदमा सीमित छैन। यसले सत्य, न्याय, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको सुरक्षा सुनिश्चित गर्नुपर्छ। उनको दृष्टिकोणले नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, नयाँ पार्टीहरू,स्वतन्त्र उम्मेदवार जस्ता सबै राजनीतिक शक्तिहरुले सत्य र न्यायको पक्षमा उभिनुपर्ने बताए ।
उनले पार्टीका केन्द्रीय टिम, क्षेत्रीय टिम, स्थानीय प्रशासन र मतदातालाई धन्यवाद व्यक्त गर्दै, सबै समुदाय र शुभचिन्तकहरूको योगदानलाई फागुन २२ गते उत्सवको रूपमा मनाउने तयार रहन आग्रह गरे ।
भट्टराईले बाघ राजा र बादरको कथा उद्धृत गर्दै असल शासन र न्यायको महत्व देखाए। कथा अनुसार, एउटा जङ्गलमा बाघ राजा थियो जसको शासनमा जनताले असमानता र अन्याय अनुभव गरे। त्यसपछि बादरलाई राजा बनाए। बादरले जङ्गल सम्हालेपछि जनताको सन्तुष्टि र स्थायित्व बढ्यो, यद्यपि बाघका केही शक्तिहरू अझै कायम थिए। एउटा जङ्गलमा एउटा बाघ राजा थियो रे। सबैले चाहि यो बाघले हामी माथि अन्याय गर्यो भनेर त्यबेला बादरलाई राजा बनाएछन्। बादर राजा भएपछि खुशी भएर चाहि तपाईंको सिंहासनमा बसेछ। पछि चाहि तपाईंको बाख्रा हराएछ। त्यहाँबाट सबै जङ्गलका चाहि जनावरहरू राजासाहब मेरो बाख्रा हरायो, हजुर बाख्रा खोज्नु पर्यो भन्यो रे, बादर चाहि ठीक छ, म गर्छुू, म गर्छु भन्यो रे। त्यसपछि तीन वर्ष, साढे तिन बर्ष टिकेछ ।
उक्त कथामा जनावरहरूले भने, “राजासाहब, मेरो बाख्रा हरायो, खोज्नु पर्छ।” बादरले न्यायसंगत तरिकाले व्यवस्थापन गरे। यसरी “पल्लो रुख ओल्लो रुख मात्र गरेछ तर बाख्रा खोजेन्छ ” जस्ता स्थानीय बोली र सांकेतिक भाषा प्रयोग गरेर भट्टराईले न्याय, असल शासन र समुदायको हितको महत्व स्पष्ट पारे।
भट्टराईले भने, “मतको परिणाम कम महत्वपूर्ण, सत्य–न्यायको विजयी हुनु मुख्य कुरा हो।” उनको दृष्टिकोणले देखाउँछ कि जित–हार भन्दा ठूलो कुरा विकास, सहिष्णुता र जनताको हित हो।
सभामा आफनो प्रतिवद्धता राख्दै धरान लाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउने छु । भन्दै हाल फोहोर उठाएर सेउती खोला किनार खुल्ला स्थानमा फ्याँक्ने अभ्यास बन्द गरिने स्पष्ट गर्दै, केन्द्रीय बजेटमार्फत ट्रकद्वारा व्यवस्थित डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने योजना अघि सारे।“धरान सफा सहर बनाउने संकल्प हामीले लिएका छौं ।,”


सभामा बोल्दै उनले धरान क्षेत्र, बराक्षेत्रका पाँचवटा वडा,रामधुनी नगरपालिकाका दुईवटा वडा लगायत बराहक्षेत्रका ५ वटा वडा सहित सातवटै वडाका नागरिकले विकासबाट वञ्चित भएको अनुभूति गरिरहेकोले अवस्था भएकाले भट्टराईले भने ‘हामी भूगोल जोड्न चाहन्छौं । “आधा घण्टाभित्र सुनसरी क्षेत्रका जुनसुकै ठाउँबाट जुनसुकै ठाउँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्ने हाम्रो योजना छ।”
उनले निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई समानान्तर रूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै भने,“हामी केवल भूगोल मात्र होइन, मन पनि जोड्न प्रस्तुत भएका छौं।”

कार्यक्रमको अन्त्यतिर उनले लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रति गम्भीर प्रश्न उठाउँदै भने,“एउटा नागरिकले विचार राखेकै कारण आक्रमण हुनु, घरमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास हुनु, बाटोघाटोमै हमला हुनु यस्तो चरित्रलाई समाजले कसरी स्वीकार गर्छ ?”

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।