धरान विशेष

धरान १७ पट्नालीबासी भन्छन्– ‘हाम्रो सुख–दुःखको साथी मनोज भट्टराईलाई जिताउनै पर्छ’


धरान: धरान उपमहानगरपालिका–१७, पट्नालीका स्थानीयबासी यतिबेला एउटै स्वरमा भनिरहेका छन् ‘जसले हाम्रो वडाको मुहार फेर्‍यो अब उसैले देश बनाउने जिम्मा लिनुपर्छ ।’ उनीहरूको यो विश्वास धरान–१७ का निबर्तमान वडा अध्यक्ष तथा हाल सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज भट्टराईप्रति केन्द्रित छ ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईको लोकप्रियताको आधार उनले वडाध्यक्ष हुँदा गरेका विकास निर्माणका कामहरू नै हुन् । पट्नाली क्षेत्रमा सडक सञ्जाल विस्तार, खानेपानीको सहज आपूर्ति, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, युवा स्वरोजगार तथा खेलकुद प्रवद्र्धनजस्ता कार्यले स्थानीय जीवनस्तरमा उल्लेख्य परिवर्तन आएको बासिन्दाहरू बताउँछन् ।

पट्नालीका स्थानीयबासी रामबहादुर श्रेष्ठका अनुसार भट्टराई वडाध्यक्ष हुँदा दुर्गम मानिने पट्नाली क्षेत्रलाई धरानको मुख्य बजारसँग जोड्ने सडक कालोपत्रे गर्ने काम ऐतिहासिक उपलब्धि थियो । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य भएको उनीहरूको अनुभव छ । उनी भन्छन्, ‘पहिले यहाँ हिँड्नै गाह्रो हुन्थ्यो । बाटो बनेपछि हाम्रो जीवनस्तर नै बदलियो ।’
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि गरिएको पहललाई पनि उत्तिकै महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । महिलाहरूको हकहित र समूह सशक्तीकरणका क्षेत्रमा समेत सहयोग पुगेको भन्दै स्थानीय महिलाहरूले प्रशंसा गरेका छन् । पट्नाली महिला समूहकी अध्यक्ष भन्छिन् ‘हामीलाई पार्टीभन्दा विकास गर्ने मान्छे चाहिएको हो ।’ वडाध्यक्ष हुँदा देखाएको इमानदारिता र सक्रियताले नै उहाँप्रति विश्वास बढाएको उनको ठम्याई छ ।

अहिले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका भट्टराईलाई जिताउन पट्नालीबासी स्वतःस्फूर्त रूपमा लागिपरेका छन् । वडाको विकासमा सफल भइसकेका नेताले क्षेत्र र देशको विकासमा पनि प्रभावकारी भूमिका खेल्न सक्ने पट्नालीबासी एवम् पूर्व शिक्षक हरिप्रसाद पौडेल बताउँछन् ।
स्थानीयले सुख–दुःखमा साथ दिने, जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि पहल गर्ने नेतृत्वकै कारण मनोज भट्टराई आज प्रतिनिधिसभासम्मको निर्वाचनमा होमिएका छन्, यस्ता नेतालाई जिताउदा यो क्षेत्रको विकास हुने समेत बताएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।