खेलकुद

धरानमा प्रदेश स्तरीय यू–१४ विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु


धरान: अखिल नेपाल फुटबल संघ कोशी प्रदेशको आयोजनामा धरानमा प्रदेश स्तरीय ‘यू–१४ विद्यालय स्तरीय फुटबल प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।

प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालय स्तरीय पुरुष तथा महिला टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष, काेशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाललाई “फुटबलको देश”का रूपमा विश्वसामु चिनाउने दीर्घकालीन अभियानमा आफूहरू जुटिरहेको र फुटबल अब केवल मनोरञ्जनको माध्यम नभई युवाको भविष्य र रोजगारीसँग जोडिएको क्षेत्र बनिसकेको उल्लेख गरे।

राईले ग्रासरुट तहका खेलाडीहरूलाई वैज्ञानिक ढंगले अभिलेखीकरण गर्दै ‘फिफा कनेक्ट’ प्रणालीमा आबद्ध गराइनेछ, जसले खेलाडीहरूको तथ्यांक र पहिचानलाई अन्तर्राष्ट्रिय फुटबल जगतसम्म पुर्‍याउनेछ। फुटबल विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताए।

विशिष्ट अतिथि तथा एन्फा सुनसरीका अध्यक्ष नवीन राईले एएफसी र फिफाको मार्ग निर्देशन अनुसार जिल्ला, प्रदेश हुँदै राष्ट्रिय च्याम्पियन छनोट गर्ने संरचना निर्माण भइरहेको जानकारी गराउदै। भदौमा जिल्ला, कात्तिकमा प्रदेश र माघमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले अनुशासित खेल प्रदर्शन गर्न सहभागी खेलाडीहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। आज मैदानमा उत्रिएका खेलाडीहरू भोलि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने विश्वास व्यक्त गरेका छन।

प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन दिन सोमबार भएका दुई खेलमा छात्रातर्फ सुनसरीको ज्वालामुखी सेकेन्डरी स्कुललाई धनकुटाको मंगलदेवी सेकेन्डरी स्कुलले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यसैगरी छात्रतर्फ सुनसरीको प्रभात सेकेन्डरी स्कुलले धनकुटाको बुधुक सेकेन्डरी स्कुललाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक