धरान विशेष

सूर्यमा मतादान गर्न धरान ४ वडा अध्यक्ष धन बहादुर राईको वडाबासीलाई अपिल



धरान: पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।
शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघिय निर्वाचन हो । यो वडा एमालेको आधार भएकाले सूर्य चिन्हमा मतदान गर्न राईले वडावासीलाई आह्वान गरे ।
उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए । शुभारम्भमा निर्वाचन परिचालन समितिका सहसंयोजक प्रदिप भण्डारी, प्रदेश सांसदहरु विजयकुमार राई, रमेश बस्नेत, निर्वाचन परिचालन प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालनका हाइकमाण्डका जयकुमार राई, शुशीला पहाडी, मीनकुमार सुब्बा लगायतका सहभागी रहेका थिए ।
आज धरान ४ स्थित खैरेनीटार, बसन्तटार, किरात वस्ती, पत्रङबारी लगायतका टोलहरुका जनतासंग उमेदवारहरुलाई साक्षात्कार गराईने निर्वाचन परिचालन समिति धरान ४ का संयोजक राजन चाम्लिङले बताए ।
कार्यक्रममा नेकपा (एमाले) वडा नम्बर ४ का अध्यक्ष दोर्ण कट्वालले वडा एमालेको जनआधार भएको वडा भएकाले यसपटक पनि सूर्यचिन्हमा सदाझै मतदान हुने कुरा बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।