
धरानः श्रम संस्कृति पार्कमा रिपोटिङ गर्न पुगेका पत्रकारहरुसंग आफुबाट दुव्र्यवहार भएकोमा श्रम संस्कृति पार्ककी कर्मचारी अस्मीता चाम्लिङ राईले माफी मागेकी छन ।
कपुरीन्युजकी पत्रकार रश्मी प्रधान, कोले न्युजका पत्रकार रोहित राई, कोशीपत्र दैनिकका फणिन्द्र तिम्सीनाको मानहानी हुने अपशब्द र फेसबुकमा स्ट्याटस र भिडियो राख्दा गम्भिर दुव्र्यवहार भएकोमा शुक्रबार धरान उपमहानगरपालिका परिसरमा माफी मागेकी हुन ।
अस्मित राईले फेसबुकमा लेखेको उक्त स्ट्याटस डिलिट गरी भिडियो शेयर गर्ने श्रम सँस्कृति पार्टी, हर्क साम्पाङ ए रिभुलेसन, ज्ञानु चाम्लीङ, निमा पोङसुवालाई भिडियो डिलिट गराउने सर्तमा माफी मागेकी हुन ।
उनले फेसबुकमा स्टाट्स लेख्दै ‘नमस्कार म अस्मिता राई धरान उपमहानगरपालिकाको कर्मचारी २०८२ माघ २८ गते कपुरी न्यूजको पत्रकार रश्मी प्रधानसँग परिचय पत्र देखाउनु भन्ने कुरामा चर्का चर्की परेकोमा मैले भिडियो बनाएको थिएँ ।
उक्त भिडियो सार्वजनिक भएको हुँदा वहाँको मानहानि भएको कारण र मैले कर्मचारीको स्थानमा रहेर यो काम गर्न नहुने रहेछ भनेर आफ्नो गल्ति महसुस गरेर वहाँसंग माफी माग्दै सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा म आग्रह गर्न चाहन्छु जति पनि पोस्टहरु छन्, कृपया हटाई दिनुहुन अनुरोध गर्दछु ।
आज उप्रान्त चरित्र हत्याहुने कुनैपनि खालको कमेन्टहरु नलेख्दिनु होला हामी दुई बिच छलफलमा बसी विवाद अन्त्य गर्दै आज उप्रान्त कुनैपनि सेवाग्राहीलाई मानहानि हुने काम गर्ने छैन भनी क्षमा माग्न चाहन्छु भन्दै स्टाटस लेखेकी छिन ।
उनले माघ २८ गते फेसबुकमा राईको मानहानी हुने गरी स्ट्याटस लेखेको थिइन । स्ट्याटस लेखेको पछि पत्रकारहरुले धरान उपमहानगरपालिका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडालाई उजुरी दिदै कडा कार्वाही माग रखेका थिए ।
छलफलमा उपमहानगरपालिका राजश्व महाशाखाका प्रमुख खतिवडा, कार्यवहाक प्रमुखका सचिवालय खेम रनपहेली, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरी निर्वतमान अध्यक्ष जनकऋषि राई, कपुरी न्यजु सञ्चालक मात्रिका प्रसाद नेपाल, पार्क ईन्चार्ज रिना गुरुङ लगायतको उपस्थिति थियो ।

