खेलकुद

पुष्पा लिम्बु र सरोज लिम्बु बने सातौ गोर्खा ट्रेल व्लेजर हङकङ २०२६ विजेता

हङकङ: बीर गोर्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रिज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्बु र पुरुष तर्फ सरोज लिम्बु १२ कि.मि. विद्यामा विजेता बनेको छ ।
पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनेटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनेटको रेर्कड तोडदै विजेता बनेका हुन । वेलान ५८ मिनट २९ सेकेन्डमा आफ्नो रेस पुरा गर्दै दोस्रो बने । धरान निवासि हाल हङकङ वस्नु हुने यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो बने ।

महिला तर्फ नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ सेकेण्ड र वेलायतका एलिना विलियमले १ घण्टा १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन । पुष्प र सरोज गत साल धरानमा संपन्न तेस्रो गोर्खा ट्रेल व्लेजरका विजेता हुन । गोर्खा सेमिष्ट्रिज ट्रष्ट नेपालले यहि वर्ष देखि महिला पुरुष विजेतालाई हङकङमा हुने ट्रेल व्लेजरमा सहभागिताको लागि सुरुवात गरेका हुन । ३० कि.मि. रेसमा युक्रेनका अलेक्सी र चिनका चे क्वान लि बने विजेता

३० कि.मि. ट्रेल विद्यामा पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनट ७ सेकेण्ड र महिला तर्फ चिनका चे क्वान लिले ४ घण्टा ३० मिनट ४७ सेकेण्डमा रेस पुरा गर्दै उपाधि हात पारेकी छन । पुरुष तर्फ हङकङ चिनका चे किङ युनले ४ घण्टा १८ सेकेन्ड र फ्रान्सका स्रील गोमेजले ४ घण्टा १९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बने । महिला तर्फ नेपालकी हाल हङकङ बस्नु हुने दिलु लिम्वुले ४ घण्टा ३४ मिनट ४० सेकेण्ड र हङकङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनट १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन ।

 ३० वटा देशका ट्रेल रेस धावक धाविकाले प्रतिश्पर्धा गरेको सातौ गोर्खा ट्रेल व्लेजरका विजेताहरुलाई मेडल, बीर गोर्खाको चिनारी खुकुरी र गिफ्ट प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका अतिथि रोयल व्रिटिस लिजन हङकङ चाइनाका व्रान्च अध्यक्ष स्टीभ ट्रायट, लिङमा कन्सट्रक्सन इन्जिनियरिङका निर्देशक माया थुलुङ, व्रीटिस कन्सुलेट हङकङ चाइनाका जेनेरल सारा रविन्सन र पीएच सीपीएस स्कुलका प्रिन्सिपल आइरिन लाईले पुरस्कार वितरण गरेका थिए ।
   
ट्रेल रेस हङकङको लौ सि हुङमा १२ कि.मि. र ३० कि.मि.दुइ विद्यामा भएको थियो । गोर्खा व्लड हङकङ सहआयोजकको रुपमा रहेको गोर्खा ट्रेल रेसको सातौ संस्करणमा व्रिटिस च्याम्वर अफ कमर्श, लिङमा कन्सट्रक्सन, चाइल्ड वेलफेयर स्कीम, कादुरी स्टेट सहयोगि संस्थाको रुपमा रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक