धरान विशेष

हर्क साम्पाङले नगरप्रमुखबाट दिए राजिनामा


धरान: धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्।
आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेकाले पदबाट राजीनामा दिएको जानकारी दिए।
उनले स्थानीय तहको नेतृत्व सम्हाल्दा धराने जनताको अपार माया र विश्वास, साथ पाएको भन्दै धन्यवाद व्यक्त गर्दै आगामी राजनीतिक यात्राका लागि जनसमर्थनको अपेक्षा रहेको बताए ।
नगरप्रमुख साम्पाङ श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
उक्त पार्टीको चुनाव चिन्ह ‘अञ्जुलीभित्रको माटो’ रहेको छ।
साम्पाङले २०७९ जेठ १० गते कार्यभार सुम्फिएका थिए । नगरप्रमुख साम्पाङले ३ बर्ष ८ महिना २४ दिन कार्य भार सम्हालेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।