खेलकुद

प्रतिनिधिसभा निर्वाचनलाई पहिचान आन्दोलनको केन्द्र बनाउनुपर्नेमा जोड


धरान: धरानमा सम्पन्न किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशनमा सहभागी वक्ताहरूले आउँदो प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई पहिचानको मुद्दा केन्द्रित आन्दोलनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
माघ ३ गते शनिबार धरानमा आयोजित अधिवेशनको उद्घाटन समारोहमा वक्ताहरूले मुलुकमा अझै पनि आन्दोलनको अवस्था कायमै रहेको उल्लेख गर्दै अबको राजनीतिक संघर्ष पहिचानको सवालमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
मुक्कुमलुङ ‘नो केबलकार’ आन्दोलनका संयोजक श्री लिङखिमले भ्रष्टाचार र बेथितिविरुद्ध उठेको जेन–जी आन्दोलनमा पहिचान पक्षधर संघर्षहरू पनि सामेल भएको कुरा नेतृत्व तहले स्वीकार गरिसकेको बताए। उनले जेन–जी नेतृत्वले प्रदेश नामकरणविरुद्धको ‘नो कोशी आन्दोलन’ र मुक्कुमलुङ ‘नो केबलकार’ आन्दोलनलाई समर्थन गरेको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई पहिचान केन्द्रित नीति तथा कार्यक्रमसहित अघि बढाउनुपर्ने धारणा राखे।
संयुक्त पहिचानवादी मोर्चाका अभियन्ता अशोक चेम्जोङले मुलुकको राजनीति स्पष्ट दिशामा अघि नबढिरहेको अवस्थामा आन्दोलनकै बीच हुने निर्वाचनलाई पहिचानको मुद्दामा केन्द्रित गराउनु आवश्यक रहेको बताए। परम्परागत राजनीतिप्रति बढ्दो जनआक्रोश र भ्रष्टाचारविरोधी चेतनालाई पहिचानवादी पक्षमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। उनले पहिचानवादी संयुक्त मोर्चाभित्र चुनावी अभियानबारे छलफल भइरहेको जानकारीसमेत दिए।
उज्यालो पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले अबको सडक आन्दोलनले पहिचानवादीलाई संसदसम्म पुर्‍याउने मात्र नभई अधिकारका लागि संसदभित्रै सशक्त प्रतिरोधको अवस्था सिर्जना गर्नुपर्ने बताए।
त्यस्तै, वक्ता डा. मोहन तुम्बाहाङले भाषा, लिपि, संस्कार र संस्कृतिलाई सदैव जीवित राख्न दोस्रो पुस्तालाई शिक्षित बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। कियाचु राष्ट्रिय चुम्लुङ सदस्य तथा धरान–१५ का अध्यक्ष नरेशकुमार इङ्वारमले लिम्बू समुदायको समग्र विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए।
यसैबीच, अधिवेशनको उद्घाटन समारोहका क्रममा ‘नो कोशी आन्दोलन’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन जना जिल्ला अध्यक्षलाई सम्मान गरिएको छ। प्रदेश सरकारले ‘कोशी’ प्रदेश नामकरण प्रस्ताव अघि बढाउँदा विराटनगरमा भएको आन्दोलन तथा त्यसपछिका संयुक्त आन्दोलनहरूमा साधन, स्रोत र जनपरिचालनमा योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा किरात याक्थुङ चुम्लुङ सुनसरीका तत्कालीन अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, झापाका अध्यक्ष शेसेहाङ फियाक र मोरङका अध्यक्ष डिबी कुरुम्बाङ रहेका छन्। प्रमुख अतिथि चुम्लुङ संस्थापक सदस्य नरप्रसाद लिम्बुले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने सभापति लिम्बुवान प्रदेश अध्यक्ष डा. मधुराज केरुङले सम्मान पत्र प्रदान गरेका थिए।
धरान–१५ स्थित चुम्लुङ हिममा जारी अधिवेशनले नरेन्द्रराज केरुङको अध्यक्षतामा २१ सदस्यीय लिम्बुवान प्रदेश कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित समितिमा उपाध्यक्षद्वय तिर्थ साउदेन र दिलु सुब्बा, मुख्य सचिव दिलकुमार लाओति, सचिवद्वय दिलु लिङ्देन र प्रेम तुम्बाहाङ तथा कोषाध्यक्ष महेश्वर हुक्पाचोङबाङ चयन भएका छन्।
सदस्यहरूमा नारायण आङ्लाबाङ खेवाहाङ, अरुणा सुक्वाबा, सकुन्तला आङ्देम्बे, दौलतमान लिम्बु, किशोर सम्बाहाङफे, गोपिमाया लिम्बु, धनप्रसाद केरुङ, बन्दना नेम्बाङ, फिपराज लिम्बु, गिता खजुम, मनकुमार आङ्देम्बे, मनिश हेल्लोक, पदम ताम्लिङ र धनमाया लिम्बु रहेका छन्।
अधिवेशनमा करिब १४० जना प्रतिनिधि, केन्द्रीय तथा राष्ट्रिय चुम्लुङ सदस्यहरूको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक