खेलकुद

सातौँ डिआइजी रनिङ कप: नेपाल पुलिस स्कुल रेड फाइनल प्रवेश


धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाईनल प्रवेश गरेको छ ।
बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमि फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले हराउदै हराउँदै फाइनलमा पुगेको हो ।
खेलको दास्रो हाफमा नेपाल पुलिस रेड तर्फबाट २१ औ मिनेटमा नेपाल पुलिस रेडका विपल्व थापाले १ गोल गरे,३५औँ मिनेटमा समिर राईले १ गोल, र ३६ औं मिनेटमा बिकास मगरले १ गोल गरे । खेलमा सिद्धार्थको तर्फबाट थुप्रै गोल गर्ने प्रयास विपल भयो ।
खेलको म्यान अफ द म्याच पुलिसका बिकाश मगर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
भोली बिहिबार हुने दास्रो सेमिफाईनल खेल प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक