व्यवसाय

धरानमा युवाहरूको लगानीमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्घाटन

धरान: धरान–९ स्थित गौतम पथमा युवाहरूको लगानीमा करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार उद्घाटन गरिएको छ।

पुष्पा राई र नवीन राईको लगानी तथा पहलमा सुरु गरिएको उक्त एकेडेमीको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गरे। उद्घाटन गर्दे उपप्रमुख बेघाले युवाशक्तिहरु विदेश पलायनको अवस्था रहेका बेला देशमै केही गर्छु भन्ने युवाको अठोट प्रशंसनीय रहेको छ ।

उनले भने“युवा नै देशको शक्ति हो, युवाहरू उद्यमशील भए देश पनि उद्यमशील बन्छ।,”भन्दै युवा उद्यमशीलताका लागि आफू सकारात्मक रहेको र नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी मा मेकअप, नेल आर्ट, ल्याशेस एक्सटेन्सन तथा म्यानिक्योर–पेडिक्योरसम्बन्धी व्यावसायिक तालिमका साथै ग्राहक सेवा समेत प्रदान गरिने प्रशिक्षक रोमि राईले जानकारी दिए ।

उद्घाटनको अवसरमा एक महिनाभित्र बुकिङ गर्ने ग्राहकहरूका लागि ४० प्रतिशत छुटका साथै केही प्रोडक्ट निःशुल्क उपलब्ध गराइने एकेडेमीका सञ्चालक नवीन राईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ।