व्यवसाय

धरानमा ‘कार्यबिनायक ट्रेडिङ’ सिजी मोटर्सको गाडी शोरुम उद्घाटन,


धरान: सिजी मोटर्सका विद्युतीय सवारी साधन बिक्री–वितरणकालागि धरानमा नयाँ गाडी शोरुम कार्यबिनायक ट्रेडिङ औपचारिक रूपमा उद्घाटन भएको छ।
शुक्रबार शोरुमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ सुनसरीका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले पछिल्लो समय कोशी राजमार्ग क्षेत्रमा ईभी सवारी दुर्घटना बढ्दै गएको बताए। उनले ईभी गाडीको तीव्र पिकअप र प्रारम्भिक एक्सेलेरेसनबारे चालकहरू पर्याप्त रूपमा जानकार नहुँदा दुर्घटनाको जोखिम बढेको बताउदै टाइम कार्ड’ प्रणाली लागू भएपछि दुर्घटनामा करिब ८० प्रतिशतसम्म कमी आएको स्पष्ट छ ।’ उनले भने ‘ईभी चालकलाई प्रशिक्षण र कडाइका साथ नियमन नगरेका कारण ईभी गाडीको जोखिम बढी छ ।’त्यसैले चालकलाई प्रशिक्षण र नियमन आवश्यक रहेका बताए ।
उनले ईभी ब्याट्री मर्मत खर्च उपभोक्ताका लागि चुनौतीपूर्ण रहेको बताए। ईभीको ब्याट्री बिग्रिएमा पूरा ब्याट्री सेट नै फेर्नुपर्ने अवस्था आउने र त्यसको लागत करिब २५ लाख रुपैयाँसम्म पर्न सक्ने भएकाले व्यवसायी र उपभोक्ता दुवै मारमा परेको छ। ब्याट्रीका कम्पोनेन्ट छुट्टै मर्मत गर्न नसकिने अवस्थाले उपभोक्तामाथि ठूलो आर्थिक भार पर्ने उनले बताए।
सुरक्षित यात्राकालागि श्रेष्ठले गाडीको चार्ज ८० प्रतिशतदेखि २० प्रतिशतसम्मको दायरामा प्रयोग गर्न सुझाव दिए। १०० प्रतिशत चार्जमा गाडी चलाउँदा ‘न्यूट्रल मोड’ मा जाने तथा ब्रेकिङ प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको उनले चेतावनी दिए।
बजारमा ७५ भन्दा बढी ईभी कम्पनी सक्रिय रहे पनि धेरैले बिक्रीपछि दिने सेवामा ध्यान नदिएको श्रेष्ठको बताए तर चौधरी ग्रुप जस्तो प्रतिष्ठित समूहले पोस्ट–सेल्स सेवा, सुरक्षा र उपभोक्ता हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।
कार्यक्रममा साहिल श्रेष्ठ, ध्रुव घिमिरे, कार्यबिनायक ट्रेडिङका प्रोप्राइटर असिम श्रेष्ठ तथा सिजी मोटर्सका प्रतिनिधि शिशिर सुवेदीको उपस्थिति रहेको थियो। वक्ताहरूले विद्युतीय सवारी ईभीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै सुरक्षित सवारी सञ्चालन, बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारमा जोड दिए।
सिजी मोटर्सले पछिल्लो तीन वर्षदेखि चीनमा उत्पादन भएका सवारी साधन नेपाल भित्र्याउँदै आएको र नेपालमा करिब १० वर्षदेखि गाडी बिक्री–वितरणको अनुभव रहेको जानकारी सिजी कम्पनीका प्रतिनिधी शिशिर सुवेदीले जानकारी दिए ।
सिजीका प्रतिनिधी सुवेदीले देशभर ४८१ वटा चार्जिङ स्टेशन स्थापना गर्ने तयारी भइरहेको तर हालसम्म २८४ वटा चार्जिङ स्टेशन स्थापना भइसकेको बताए ।चरणबद्ध रूपमा विस्तार गरिने सुवेदीले बताए ।
कार्यबिनायक ट्रेडिङ शोरुममा ड्युन, आयन–भी, आयन–वाई, एक्सपेन ९५ सिटर०, रिजरा पिकअप ९२ र ४ ह्वील० लगायत सिजी कम्पनीका ११, १४, १५, १६ र १९ सिटरका ईभी सवारी साधन बिक्रीका लागि उपलब्ध रहेको जनाइएको छ।

धरानमा खुलेको कार्यबिनायक ट्रेडिङ शोरुममार्फत सिजीका विद्युतीय तथा अन्य सवारी साधनको बिक्री, सेवा र उपभोक्ता परामर्श उपलब्ध गराइने कार्यबिनायक ट्रेडिङका प्रोप्राइटर साहिल श्रेष्ठले बताए।

उद्घाटन कार्यक्रममा सिजी कम्पनीका प्रतिनिधी प्रतिभा पौडेल लगायत विभिन्न यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लक्ष्मी बानियाँले गरेका थिए ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई