खेलकुद

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता

कोशी प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता
धरान: कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो।
नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिता पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको सबै खेल नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने नेपाल प्रहरी विद्यालयका प्रतियोगिता संयोजक सुरेश कुमार हायुले जानकारी दिए। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डीआईजी कप पुनः सुरु गर्न लागिएको उनले बताए। डीआईजी कप फुटबल प्रतियोगिता २०५८ सालदेखि सञ्चालन हुँदै आएको थियो ।
प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान रेड र ब्लु, प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय धरान, ज्ञानोदय माध्यमिक विद्यालय धरान, माउन्ट हर्मन एकेडेमी धरान, डिपोट सेकेण्डरी स्कुल धरान, निधी सेकेण्डरी स्कुल झापा, वाल्मिकी एजुकेशन फाउण्डेसन झापा, पिनाकल ज्ञान मन्दिर मोरङ, दिल्ली पब्लिक स्कुल मोरङ, दिल्ली पब्लिक सेकेण्डरी स्कुल, बालिमकी एमएस मोरङ, आदर्श इङ्लिस स्कुल मोरङ, सिद्दार्थ सेकेण्डरी स्कुल मोरङ र सफल सिद्दार्थ एकेडेमी मोरङ सहभागी छन्।
प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ र उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। व्यक्तिगत विधामा बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।
विजेता टोलीले प्राप्त ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनुपर्नेछ भने ट्रफीको सट्टामा रिप्लिका ट्रफी प्रदान गरिनेछ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक