समाज

किरात राई यायोक्खा धरानको ७ औँ नगरसभा सम्पन्न

धरान: किरात राई यायोक्खा धरान उपमहानगर समितिको ७ औँ नगरसभा शनिबार सम्पन्न भएको छ। धरान–१० स्थित यायोक्खा भवनमा सम्पन्न नगरसभामा संस्थाकी सचिव गीता राईले किरात राई यायोक्खा धरान नगर समितिको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेकी थिइन्। यस्तै, कार्यक्रममा कार्यसमितिका कोषाध्यक्ष विमल राईले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
आर्थिक प्रतिवेदनमा संस्थाको कुल आय ५ लाख ७७ हजार ३०१ रुपैयाँ ६ पैसा, खर्च ३ लाख ४७ हजार ३०५ रुपैयाँ रहेको छ भने २ लाख २९ हजार ९९६ रुपैयाँ ६२ पैसा बचत रहेको उल्लेख गरिएको छ।
नगरसभाका प्रमुख अतिथि किरात राई यायोक्खाका उपाध्यक्ष मान भगत चाम्लिङले किरात राई समुदायको संस्कार र संस्कृतिको संरक्षणमा यायोक्खाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
चाम्लिङले भने ‘केन्द्र समितीको अधिवेशन कार्यसमितीको मिती लम्बिन सक्ने’ भन्दै धरान नगरसमितीले समयमै नगरसभा सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे। उनले किरात राईहरूको लामो इतिहास बोकेको यायोक्खाले राई जातिको संरक्षण र संवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताए।

कर्यक्रममा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा करिब ३ करोड रुपैयाँ लागतमा एसी सहितको भवन निर्माण गरिने जानकारी दिए। उनले पछिल्लो समय नगर तथा प्रदेश सरकारले किरात राई यायोक्खालाई सहयोग गर्न थालेको बताए।
नगरसभाको अध्यक्षता संस्थाका अध्यक्ष लिला राईले गरेकी थिइन्। नगरसभाको अवसरमा संस्थालाई सहयोग पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले