सहित्य/सिर्जना

कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ हुने


धरान: एचएस साइना क्रिएसन प्रालिको आयोजनामा कोशी प्रदेशस्तरीय सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिसेस क्वीन अफ कोशी–२०८२’ माघको पहिलो साता आयोजना हुने भएको छ।
विवाहित महिलाहरूमा अन्तरनिहित क्षमता पहिचान र प्रस्फुटन गराउने उद्देश्यसहित पहिलोपटक कोशी प्रदेशस्तरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो।
आफ्ना प्रतिभा पहिचान हुनुअघि नै वैवाहिक बन्धनमा बाँधिएका महिलाहरूलाई सशक्त बनाउने लक्ष्यसहित ‘मिसेस क्वीन अफ कोशी–२०८२’ लाई एक सशक्त प्लेटफर्मका रूपमा अघि सारिएको कार्यक्रम संयोजक अनुप भण्डारीले बताए।
उनले कोशी प्रदेशका १४ वटै जिल्लाका विवाहित महिलाहरूले सहभागिता जनाउन पाउने प्रतियोगिताको पहिलो अडिसन पुस ७ गते झापाको सुरुङ्गाबाट सुरु हुने बताएका छन । यसैगरी झापाकै बिर्तामोड र दमक, सुनसरीको इटहरी र धरान तथा इलामका विभिन्न स्थानमा हुने अडिसनबाट ५० जना सहभागी छनोट गरिने भएको छ।
छनोटमा परेका सहभागीहरूलाई २५ दिनसम्म नेतृत्व विकास, मोडलिङ, उद्घोषण कला तथा सचेतनामूलक कार्यक्रमसम्बन्धी विभिन्न तालिम प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरू निर्णायकको रूपमा रहने छन्। प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले व्हाट्सएप नम्बर ९८०७९९८०६९ मा आफ्नो विवरण पठाएर वा फेसबुक पेज ‘मिसेस क्वीन अफ कोशी’ मा म्यासेज पठाई फारम भर्न सक्ने छन्।
प्रतियोगिताको विजेताले स्कुटी, नगद १ लाख रुपैयाँ, राष्ट्रियस्तरका ३ वटा म्युजिक भिडियोमा अभिनयको अवसर,थाइल्याण्ड भ्रमण, ५ लाख रुपैयाँको जीवन बीमा, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहार प्राप्त गर्ने भएका छन्।
उपविजेताले नगद ७५ हजार रुपैयाँ, राष्ट्रियस्तरका २ वटा म्युजिक भिडियोमा अभिनय,५ लाख रुपैयाँको जीवन बीमा,थाइल्याण्ड भ्रमण, क्राउन, प्रमाणपत्र तथा उपहार प्राप्त गर्ने भएका छन्।
तेस्रो हुनेले नगद ५० हजार रुपैयाँ, राष्ट्रियस्तरको १ वटा म्युजिक भिडियोमा अभिनय, ५ लाख रुपैयाँको जीवन बीमा, थाइल्याण्ड भ्रमण, क्राउन, प्रमाणपत्र तथा विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैगरी पब्लिक च्वाइस, मस्ट ट्यालेन्ट र मस्ट ब्यूटी विधामा नगद १०–१० हजार रुपैयाँसहित क्राउन, प्रमाणपत्र तथा उपहार प्रदान गरिने जनाइएको छ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान