खेलकुद

२० औं ललित- अम्बर डिपो कप: पुलिस, लिगामेन्ट, इम्मानुएल र देउराली विजयी

डिपो माध्यमिक विद्यालय धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को आज तेस्रो दिन चार विद्यालय बिच खेल भएको छ। आजको पहिलो हिमशिखर बोर्डिङ स्कुल इटहरी र नेपाल पुलिस स्कुल धरान १३ बीच भएको थियो ।
खेलमा नेपाल पुलिस स्कुलले जितको एकतर्फी नतिजा निकाल्यो । पुलिसले हिमशिखरलाई ६–० गोल अन्तरले पराजित गर्यो । खेलमा पुलिसको तर्फबाट जर्सी ७ का सौगता श्रेष्ठले २ गोल, जर्सी ९ का विनायक निरौलाले २ गोल र जर्सी १३ का भैरव प्रधानले २ गोल गरेका थिए । खेलमा मध्यान्तर अघि ३ गोल र मध्यान्तरपछि ३ गोल भएको थियो । खेलमा म्यान अफ द म्याच पुलिसका सौगात श्रेष्ठ भएका थिए । उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो दिएका थिए ।

यसैगरि आजै भएको दास्रो खेलमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान–१६ र माउण्ड हर्मन इङ्लिस बोर्डिङ स्कुल धरान–१८ बीच भएको थियो । निकै प्रतिस्पर्धात्मक भएको यो खेलमा लिगामेन्टले जित आफ्नो पक्षमा पारेको थियो । निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसक्दा खेल टाइ ब्रेकरमा प्रवेश गरेको थियो । टाइ ब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथको आधारमा नै लिगामेन्टले जित आफ्नो पक्षमा पारेको थियो ।
प्रतिस्पर्धात्मक र रोचक खेलमा माउण्ट हर्मनका युसन विक म्यान अफ द म्याच भएका थिए । उनलाई पत्रकार भोला श्रेष्ठले मायाको चिनो दिएका थिए ।

डिपो कपको तेस्रो खेलमा इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान– १७ र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेल इम्मानुयलले ३–१ ले आफ्नो पक्षमा पारेको थियो । इम्मानुयलको तर्फबाट जर्सी ११ का कबिर सहनीले २ गोल र जर्सी १५ का ओस्कार विकले १ गोल गरेका थिए । प्रभातको तर्फबाट जर्सी ७ का बबिन राईले १ गोल गरेका थिए । खेलमा मध्यान्तर अघि २ गोल र मध्यान्तरपछि २ गोल भएको थियो । म्यान अफ द म्यान इम्मानुयलका अनन्त राई भएका थिए । उनलाई डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो दिएका थिए ।

यसैगरि अन्तिम खेल देउराली इङलिस बोर्डिङ स्कुल धरान–५ र युनाइटेड गोर्खा एकाडेमी धरान–१५ बीच भएको थियो । खेलमा देउरालीले आप्mनो पक्षमा जित निकाल्यो । देउरालीले युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । देउरालीको जितमा जर्सी १० का क्रिस लिम्बूले ३ गोल र जर्सी ७ का सक्सेस लिम्बूले १ गोल गरेका थिए । खेलमा देउरालीका क्रिस लिम्बू म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले मायाको चिनो दिएका थिए ।

आज भएका यी चार खेलसङ्गै नकआउटको पहिलो चरण सकिएको छ । भोलिदेखि क्वाटर फाइनल खेल सुरु हुनेछ । कक्षा ५ सम्मका १२ वर्षभन्दामुनिका विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने २० औं ललित–अम्बर डिपो कप –२०८२ मा १६ विद्यालयको सहभागिता रहेको छ । भोलि हुने चार खेलमा पहिलो दुई खेल प्लेट च्याम्पियनकोलागि हुनेछ भने दुई खेल पहिलो क्वाटर फाइनलकोलागि हुनेछ । प्लेट च्याम्पियन आप्mनो पहिलो खेलमा पराजित भएका विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ नाम दिइएको यो प्रतिस्पर्धाकोलागि भोलिको पहिलो खेल जोलसाया एकाडेमी, धरान–११ र एप्पल मन्टेश्वरी, धरान–११ बीच हुनेछ । यसैगरि दोस्रो खेल सिद्घार्थ शिशु सदन, धरान–१६ र समिट सेकेण्डरी बोर्डिङ स्कुल, धरान–९ बीच हुनेछ । भोलि नै हुने पहिलो क्वाटर फाइनल कारमेल हाई स्कुल, धरान–१८ र आयोजक डिपो मावि, धरान–१८ बीच हुनेछ भने दोस्रो खेल नोबेल एकाडेमी धरान–११ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच हुनेछ ।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पराजित विध्यालयहरुबीच हुने दिलकुमार प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक