
बिपि प्रतिष्ठानको कार्यसम्पादन, वेटिङ टाइम र स्रोत साधनको प्रत्यक्ष जाँच गर्न स्वास्थ्य मन्त्री गौतम धरानमा
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम अस्पतालको कार्यसम्पादन, वेटिङ टाइम, क्लिनिक सञ्चालन र स्रोत–साधनको प्रयोग प्रत्यक्ष मूल्यांकन तथा अनुगमन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आईपुगेकी छिन ।
मन्त्री गौतम मंगलबार विपी प्रतिष्ठान आईपुगेर भनिन्, “ बिजनेस मिटिङ र अस्पताल सञ्चालनको कठिनाई बुझन आएको हुँ ।’ भन्दै कर्मचारीको क्षमता र तालिम उत्कृष्ट भएपनि प्रयोगमा शुन्य भई खिया लागेको कारण सबै संघिय अस्पताल सुधार्न गर्न पूर्व देखि पश्चिम प्रत्यक्ष अनुगमनमा आएको हुँ ।’‘सबै प्रतिष्ठान र अध्ययन संस्था सुधार गर्न अब सबै तहबाट जिम्मेवारीपूर्वक काम गर्नु जरूरी भएको बताईन । उनले अस्पतालको सेवा गुणस्तर, क्रिटिकल सेवा प्रवाह र क्लिनिक सञ्चालनमा अप्ठ्यारो भएको छ कि छैन भनी अवलोकन गर्ने बताईन ।
मन्त्री गौतमले विभिन्न अस्पताल अवलोकन गर्दा स्रोत–साधनको प्रभावकारी प्रयोग नभएको र व्यवस्थापन कमजोर भएको देखिएको उल्लेख गर्दै प्रत्येक उपचार त्रुटिको गहिरो विश्लेषण आवश्यक भएको बताईन। उनले भनिन ‘सनेट बैठकको पूर्ण तयारी गर्न अस्पताल र शैक्षिक अवस्था,अस्पतालमा काम गर्ने कर्मचारीको कठिनाई बुझन धरान आईपुगेको हुँ । प्रत्यक्ष अवलोकनका क्रममा विपी प्रतिष्ठानमा केही त्रुटि भए काठमाडौ गएपछि भनौला ।
जेनजी आन्दोलन पछि बनेको सरकारले संस्थागत सुधार स्वास्थ्य प्रणलीकोे सुधार निरिक्षण र सेवा गुणस्तरमा आफनो भुमिका प्रवल रहन्छ । मन्त्रालयले यस अनुगमनलाई भ्रष्टाचार न्यूनीकरण, संस्थागत सुधार र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रयासकोरूपमा व्याख्या गरेको छ।
मन्त्रीको यस अनुगमन अभियानले बीपी प्रतिष्ठानमा कार्यसम्पादन सुधार, सेवा सहजता र पारदर्शिता सुनिश्चित गर्न थप दबाब सिर्जना गर्ने अपेक्षा लिएको छ।

