खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलमा


धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिसले माउन्ट हर्मन स्कुललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । दोस्रो खेलमा ज्वालामुखी स्कुलले हिम शिखर स्कुललाई २–० को अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ ।

शुक्रबार एन्फामा जारी पहिलो खेलको नेपाल पुलिस स्कुलका समीर राईले खेलको पहिलो हाफको १० मिनेट, दोस्रो हाफको २० मिनेट र २३ मिनेटमा गरी जम्मा ३ गोल गरे, उज्वल थापाले पहिलो हाफको १९ मिनेटमा, दोस्रो हाफको १२ मिनेटमा गरी जम्मा २ गोल गरे । साथै विकास मगरले दोस्रो हाफको १७ औँ मिनेटमा १ गोल गरे ।
दोस्रो खेलमा श्री ज्वालामुखी स्कुलका सन्देश राईले पहिलो हाफको २६ औँ मिनेटमा १ गोल र पर्वत विकले खेलको २७ औ मिनेटमा १ गोल गरेका थिए भने हिमशिखर स्कुलबाट कुनै गोल हुन सकेन ।

खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुलका समीर राई र ज्वालामुखीका हार्दिक राई घोषित भए। उनीहरूले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् ।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक