
धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा सुनाखरी रेडले लर्डवुद्ध स्कुललाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
दोस्रो खेलमा सैनिक आवसिय स्कुलले प्रभात ईग्ङलिस बोडिङ स्कुललाई ३–१ ले हराउँदै सेमी फाइनलमा पुगेको छ । पहिलो खेलको सुनाखरी रेडका श्री हाङग लिम्बुले पहिलो हाफको २० मिनेटमा र २८ मिनेटमा २ गोल गरेका थिए भने लर्डवुद्धका रिमान्ट कुमार विष्टले पहिलो हाफको २२ मिनेटमा १ गोल गरेका थिए ।
दोस्रो खेलमा सैनिक आवसियका अनमोल झाले पहिलो हाफको २० मिनेटमा १ गोल गर्दे खाता खोलेका थिए । दोस्रो हाफको ४५ औँ मिनेटमा र ६२ मिनेटमा २ गोल गरेका थिए भने प्रभातका खानुहाङल खेलको ३० औँ मिनेटमा १ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच सुनाखरी रेडका अनिस गुप्ता र सैनिक आवसियका कुशल तामाङ घोषित भए। उनीहरूले नगद १/१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बिहीबार हुने दोस्रो क्वाटर फाइनल खेल सुनाखरी रेड र लर्ड बुद्ध ,दोस्रो खेल प्रभात स्कुल र सैनिक आवासीय स्कुल बिच हुने भएको छ ।
मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

