समाज

उर्जा मन्त्री कुलमान घिसिङ विश्व शान्ति पूजा गर्न धरान आउने

धरान–१५, श्याम चौक स्थित ङाग्युर त्रीङ्मा ड्युङने ल्हाखाङ गुम्बामा १२ सय वर्ष पुरानो परम्परा बोकेको गुरु रिन्पोछे लिला तथा विश्व शान्ति पूजा आयोजना हुने भएको छ। गुम्बाले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते उर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ आउने जानकारी दिएको छ ।
धरान १५ स्थित गुम्बामा मंसिर ९ देखि १९ गतेसम्म विविध धार्मिक अनुष्ठान आयोजना हुने भएको हो । गुम्बाका अध्यक्ष थिङले मंसिर १३ र १४ गते गुरु छेन्गे छयाम नृत्य लिला प्रदर्शन हुनेछ र १४ गते उद्घाटन समारोहमा मन्त्री घिसिङ सहभागी हुने बताएका हुन ।
मंसिर ९ गते बिहान शान्ति र्याली गुम्बाबाट बरगाछी हुँदै छाता चौक, माछाभौडी हुँदै पुनगुम्बा पुग्ने छ भने र्याली पश्चात दिउसो १ बजे रिन्पोछे गरिने छ भने मंसिर १० देखि १२ गते सम्म धार्मिक साधना १० करोड बज्र गुरु जप हुने भएको छ । मंसिर १३ देखि १४ गते गुरु छेन्गे छ्याम नृत्य लिला समुद्धघाटन तथा प्रस्तुति हुने छ । मंसिर १५ गते ज्यासा रिन्पोछेबाट छेवाङ आयु अभिषेक हुने छ । मंसिर १६ देखि १८ गते मौन व्रत (ङ्युङ्ने),मंसिर १९ गते होम (जिन्सेक) पूजा गरेर कार्यक्रम समापन गरिने भएको छ ।

थिङले देश–विदेशबाट बौद्ध धर्मावलम्बी, लामा गुरुहरु र करिब १० हजार भक्तजनहरू सहभागी हुने अपेक्षा रहेको बताउदै भने ‘यो धार्मिक अनुष्ठान धरानको बौद्ध सांस्कृतिक पहिचान र धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा हुने विश्वास गरिएको छ।’

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले