खेलकुद

सुनाखरी एकेडेमी कपको उद्धघाटन खेलमा सुनाखरी रेड’को सानदार बिजयी सुरुवात


धरान: सुनसरी जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करणको उद्घाटन खेलमा सुनाखरी एकेडेमी रेडले शानदार बिजयी सुरुवात गरेको छ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आईतबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनाखरी रेडले लिबर्टी रेसिडेन्सियल स्कूललाई १८–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा सुनाखरी रेडले पहिलो हाफमा १० र दोस्रो हाफमा ८ गोल गर्दै कुल १८ गोल गरेको थियो। लिबर्टी स्कूल गोलरहित रह्यो।
खेलको ‘म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बू घोषित भए। उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्धघाटन गरेका थिए। बेघाले उपमहानगरपालिकाले खेलकुद क्षेत्रका लागि छुट्टै बजेट व्यवस्था गरेको जानकारी दिँदै सुनाखरी एकेडेमीले स्कुल स्तरमा थालेको प्रतियोगिताले खेलाडी उतपादनमा जोड दिने बताए ।
एन्फा केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईले धरानमा टोल कपदेखि गोल्ड कपसम्म प्रतियोगिता भए पनि तयारी भने अझै सुधार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमको अध्यक्षता सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले गरेका थिए। प्रतियोगिता मंसिर १७ गते सम्म सञ्चालन हुने छ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्ने दुई टिमले जनही ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

भोलि सोमबार हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछन्। पहिलो खेल माउन्ट हर्मन एकेडेमी र विजयपुर माविबीच तथा दोस्रो खेल बुद्ध आदर्श बोर्डिङ स्कुल र नेपाल प्रहरी विद्यालयबीच खेल हुनेछन्।

प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कूल तरहरा, सेन्ट जोसेफ स्कूल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कूल, विजयपुर स्कूल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कूल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कूल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कूल झुम्का तथा ज्वालामुखी स्कूल पट्नाली सहभागी छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक