खेलकुद

धरान १० के रनको १४ औँ संस्करण यसपालि विश्वभर भर्चुअल दौड सहित फागुन ९ गते आयोजना

धरान: धरान १० के रनको १४ औँ संस्करण यसपालि विश्वभर भर्चुअल दौड सहित फागुन ९ गते आयोजना गरिने भएको छ ।
भर्चुअल रनमा विश्वका जुनसुकै ठाउँका धावक धावीकाले सहभागी हुन पाउने भएतापनि रनमा नेपालकै धैरै धावकधाविकाको सहभागीता गराईने धरान रनका अध्यक्ष हेमन सुनुवारले आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बताए । धरान रनद्वारा नेवा च्यारिटि १० के रन आयोजना गर्दै आएको छ ।

दौडमा अन्तरराष्ट्रिय धावकधाविकाहरुको समेत धावकको रूपमा सहभागी हुनेछन् । रनलाई खेलकुदमय र चेतनामूलक बनाउन ब्हीलचेयर रेस समेत हुने अध्यक्ष सुनुवारले जानकारी दिए ।

१४औँ संस्करणमा १६ वर्ष देखि ३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ । नेपालमा धरान रनले ११ औँ संस्करण देखि प्रयोग गर्न थालेको उनको भनाई छ ।

१० किलोमिटर दौडको रुट यसपालि दौड पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चौक, पानी टंकी, कल्याण चौक, मंगलबारे, रत्न चोक, बुद्घ चोक हुँदै पुनः भानुचौकमा समापन हुनेछ ।

प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।१२ वर्ष देखि १५ वर्ष भित्रका ‘अन्डर १६’ समूहका,४९ वर्ष देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’समूहका, सुपरभेट्रोनमहिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ
४० वर्ष देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

६० वर्ष देखि माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

१३ औं धरान रनमा गत वर्ष करिब ४ हजार धावक, धाविकाहरूले सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि।मि। दौड गराउँदै आएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक