
धरान: याक्थुङ चलचित्रकर्मी सङ्घ नेपालद्वारा आयोजना गरिएको वनभोज कार्यक्रम शनिबार अमाहा सिमसारमा औपचारिक रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विभिन्न चलचित्रमार्फत उत्कृष्ट भूमिका र उल्लेखनीय योगदान प्रदान गर्ने कलाकारहरूलाई सम्मान गरिएको सङ्घले जनाएको छ।
कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष नवीन मेन्याङवोले गरेका थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सङ्घका अनुसार यस्ता कार्यक्रमहरूले पेशागत सौहार्द, आपसी समन्वय तथा चलचित्र क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

