व्यवसाय

मंहगी बढयो ज्याला बढेन, जिफन्टले श्रमिकहरुको मागको अगुवाई गरिदिनु पर्‍यो



धरान: मजदुर बाहुल्य धरानका विभिन्न क्षेत्रका मजदुरहरुसंग जिफन्टले सम्वाद् गरेको छ । निर्माण मजदुर, यातायात मजदुर, उद्योगमा काम गर्ने मजदुर, अटो मेकानिक्स मजदुर, सुरक्षा श्रमिक, सरसफाइ मजदुर, लोडअनलोड मजदुर, स्वास्थ्य स्वयमसेवी मजदुर र सौन्दर्यकर्मी मजदुरहरुसंग सम्वाद गरिएको हो ।
शनिबार धरानमा जिफन्ट नगर कमिटीले आयोजना गरेको सम्वाद कार्यक्रममा स्वास्थ्य स्वयमसेवी मनकुमारी लिम्बूले वर्षौदेखि आफुहरुले चार सय भत्तामा काम गर्नु परिरहेको बताउनुभयो । वहाँले भन्नुभयो हामीले दिनरात, घामपानी काम गर्नु परेको छ । तर, स्वयमसेवीका लागि स्थानीय सरकारले त वास्ता गरेन प्रदेश र संघ सरकारले पनि ध्यान दिएन । हाम्रो बारेमा जिफन्टले बोलिदिनु पर्‍यो लिम्बूले भन्नुभयो ।
त्यस्तै लोडअनलोड गर्ने श्रमिक अमर राईले आफुहरु उद्योगी व्यवापारीको दवावमा काम गर्नु परेको पीडा पोख्नुभयो । राईले भन्नुभयो वर्षौ एउटै ज्याला छ । उपभोग्य सबै सामग्रीको भाउ बढ्छ तर हाम्रो ज्याला बढ्दैन वहाँले बताउनुभयो । हामीले कहिलेसम्म थोरै ज्यालामा हाम्रो श्रम बेच्नु जिफन्टले तत्काल श्रमको दररेट कायम गरिदिनुपर्छ राईले आग्रह गर्नुभयो ।
त्यस्तै निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको सूचिकरण गरेर सामाजिक सुरक्षामा समावेश गराउन धरानका नगरप्रमुख हर्क साम्पाङका कारण नसकिएको निर्माण मजदुर मुक्तिनाथ गिरीले बताउनुभयो । धरानमा निर्माण मजदुर कति छन् ? अहिलेसम्म किटान छैन । उनिहरुले पाउने ज्याला कति हो स्थानीय सरकारले निर्धारण गर्न सकेको छैन । अब सबै मजदुरहरु मिलेर नगर सरकारसंग कुराकानी गरेर पहल थाल्नु पर्छ र जिफन्टले अगुवाई गर्नुपर्छ गिरीले भन्नुभयो ।
त्यस्तै अटो मेकानिक्स मजदुर हरी भट्टराईले विद्युत्तिय सवारीसाधनको आयातमा वृद्धि भएसंगै मेकानिक्स मजदुरहरु बेरोजगार बन्दै गइरहेको बताउनुभयो । वहाँले भन्नुभयो स्थानीय सरकारको नीति प्रष्ट नभएकाले भारतीय नागरिकहरु प्रत्येक दिन धरान आएर काम गर्ने र साँझ भारत नै फर्किनेहरुको संख्या उल्लेख्य रहेको वहाँले बताउनुभयो ।
जेनजी आन्दोलनपछि बद्लिएको राजनीतिक परिवेशमा श्रमिकसंग सम्जाद् कार्यक्रम अन्तर्गत धरानमा भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्की, सचिव बेलीमाया घले, सदस्य भीमज्वाला राई लगायतका नेताहरुले उठेको सवालहरुमा योजना सहितको जवाफ दिनुभएको थियो ।
जिफन्ट नगर अध्यक्ष समशेर बर्देवाको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि मजदुर नेता भीमज्वाला राईले प्रष्ट पार्नुभएको थियो ।
जिफन्टका उपाध्यक्ष तथा अभियानका कोशीको संयोजक विदुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरानका ४५ जना अगुवाहरुको सहभागीता रहेको थियो कार्यक्रमको सञ्चालन सचिव डम्बर अधिकारीले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई