
धरान : धरान उपमहानगरपालिका–१४, हात्तीसार क्षेत्रमा मंगलबार साँझ स्थानीय युवाहरूले पाटे बाघको बच्चा भेटेका छन्।
धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई तथा धरान–१३ का १७ वर्षीय अमन लिम्बुले बच्चा नियन्त्रणमा लिए। प्रारम्भिक अवलोकन अनुसार बच्चाको आकार र चालढालले पाटे बाघको हुन सक्ने अनुमान लगाएका छन।
असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा सुरक्षीत रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार, प्रारम्भिक अध्ययनले उक्त बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने देखाएको छ। वन्यजन्तु संरक्षण ऐनअनुसार यस्तो अवस्थामा भेटिएका वन्यजन्तुहरू वन कार्यालयमा संरक्षणका लागि पठाइने बताए ।
हात्तीसार क्षेत्र वन क्षेत्रसँग नजिक भएकाले समय–समयमा चितुवा, स्याल र अन्य वन्यजन्तुहरू देखिनु सामान्य रहेको प्रहरीले बताएको छ। घटनाले धरान वरपरको जंगलमा पाटे बाघको बथान हुन सक्ने अनुमान लगाएका छ।

