सहित्य/सिर्जना

गायक डा. प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं: गायक डा. प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार नयाँ गीत बजारमा ल्याएका हुन् ।

गीतमा शब्द र स्वर स्वयं प्रकाश पौडेलको रहेको छ भने अन्य प्रतिभाशाली कलाकारहरूले संगीत सिर्जनामा साथ दिएका छन् । जसमा दीपराज नेयोङहाङले सङ्गीत भरेका छन् भने सूरज श्रेष्ठले एरेन्ज गरेका छन‍् ।

बरिष्ठ संचारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको आकर्षक म्युजिक भिडियोमा साक्षी लम्साल, कमल सिंह र स्वयं प्रकाश पौडेल फिचर्ड छन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । यो गीतको रिलिजले पौडेलको २५ वर्षे लामो र सफल सांगीतिक करियरलाई भव्यताका साथ मनाएको छ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान