स्वास्थ्य/जिवनशैली

नियम उल्लंघन गर्दै वीपीका डाक्टर निजी क्लिनिकमा सक्रिय


धरान: बिहानैदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीहरूको भीड हुन्छ । कसैले दुर्घटनामा चोटपटक पाएका हुन्छन्, कसैको बच्चा बिरामी हुन्छ । तर, कतिपय बिरामी कुरुवाहरूको पहिलो गुनासो एउटै हुन्छ डाक्टर भेटिदैन ।

यस गुनासोको कारण बनेको छ, जेनेरल प्राक्टिस तथा इमर्जेन्सी विभागका डा. विजय श्रीवास्तव र बाल रोग विशेषज्ञ डा. लोकराज शाह । दुबै डाक्टर प्रतिष्ठानकै पूर्णकालीन चिकित्सक हुन्, तर प्रतिष्ठानको कामलाई व्यवस्था गर्दै धरान–८ मा रहेको एक निजी अस्पताल धरान सिटी हस्पिटलमा पुग्छन् ।

दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिटी हस्पिटलमा ओपिडी चल्ने गर्छ, जहाँ यी डाक्टरहरू बिरामी हेर्छन् । सिटी हस्पिटलमा भेटिएका रियान कटुवालका बुवाले भने, ‘बच्चा बिरामी भएकाले डा. विजय श्रीवास्तवलाई देखाएर आएको हुँ ।’ अर्की बिरामी रञ्जीता सुनुवारले पनि भनिन्, ‘पहिले देखि यहीँ फलोअपमा देखाउँदै आएकी छु ।’

यी दुई चिकित्सक सिटी अस्पतालमा काम गर्छन् भने यी दुई विरामीको भनाईले प्रसस्त पुष्ट्याइ गरिदिएको छ । यता प्रतिष्ठानमा भने यी दुई अनुपस्थितिले विज्ञ चिकित्सकको अभाव खट्किने गरेको पाइएको छ । बिरामीहरूले नर्स र इन्टर्न डाक्टरको भरमा उपचार लिइरहेका हुन्छन् । ‘इमर्जेन्सीमा डाक्टर नहुँदा उपचार ढिलो हुन्छ,’ एक कुरुवाले भनिन्, ‘तर सिटी हस्पिटलमा ती नै डाक्टरहरू भेटिन्छन् ।’
वीपी प्रतिष्ठानको नियमावली २०५५ अनुसार, प्रतिष्ठानका शिक्षक वा कर्मचारीले आफ्नो नियमित कामबाहेक कुनै पनि निजी प्राक्टिस वा अन्य स्थानमा काम गर्न पाउँदैनन् । तर, यी डाक्टरहरू उक्त नियम उल्लंघन गर्दै दोहोरो आम्दानीमा संलग्न रहेको पाइएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्य प्रसाद संंग्रौलाले यस विषयमा गम्भीर कानुन विपरीत कार्य गर्ने जो कोहीमाथि प्रमाणित भएपछि कारबाही हुने बताए। सीमित व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि यस्तो कार्य गरेका छन्, सबै डाक्टर त्यस्ता होइनन’ उनले भने ।
तर डा. विजय श्रीवास्तवले भने यो आरोप सहजै स्वीकार गर्दैनन् । टेलिफोन वार्तामा उनले आफू सिटी हस्पिटलमा काम नगर्ने बताए । धरान सिटी हस्पिटलका धेरैजसो चिकित्सक वीपीकै रहेका छन् । स्रोतानुसार, यस अस्पतालको स्थापना पनि प्रतिष्ठानका केही चिकित्सक र कर्मचारीले मिलेर गरेका हुन् । यही कारणले सो अस्पतालमा डाक्टरहरूको आवत–जावत सजिलो भएको अनुमान गरिन्छ ।
धरानका स्थानीय बासिन्दा भने भन्छन्, ‘वीपीजस्तो ठूला प्रतिष्ठानका डाक्टरहरू निजी अस्पतालमै व्यस्त हुँदासेवाको भावना हराउँदै गएको छ ।’
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै प्रमुख चिकित्सा शिक्षालय र उपचार केन्द्र हो । त्यहाँका डाक्टरहरूमा नैतिकता र पेशागत आचरणको मापदण्ड उच्च हुने अपेक्षा गरिन्छ । तर जब त्यही डाक्टरहरू दोहोरो भूमिकामा देखिन्छन्, तब प्रश्न उठ्छ – “जनताको स्वास्थ्यभन्दा व्यक्तिगत स्वार्थ बलियो त होइन ?’

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका