खेलकुद

धरानको फुटबल खेललाई धरानमा जन्मेर बिदेशमा कर्मथलो बनाउनेहरुको साथ सहयोग


धरान: बुढासुब्बा गोल्डकप (अन्य नामःअन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप) एक नेपाली घरेलु फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता नेपाली घरेलु मोफसल फुटबल प्रतियोगिताहरूमा सबैभन्दा बढी चर्चित फुटबल प्रतियोगिता हो प्रतियोगिताको सुरूवात वि.स. २०५५ साल देखि भएको थियो । धरानलाई खेलकुदको शहर बनाउने अभियानमा खेलकुद क्षेत्रमा लागेका धरानबासीमात्र हैन विदेशमा रहेका धरानेहरुले समेत साथ सहयोग गर्दै आइरहेका छन् ।

आयोजक धरान फुटबल क्लबले शुरुवात गरेको पहिलो बुढासुब्बा गोल्डकपमा क्लबका तर्फबाट कप्तानीको भूमिका निर्वाह गर्नु भएका राजु लिम्बुले धरानको खेलकुदको गरिमालाई बढाउन अझै सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । उहाँले शुरुवाती समयभन्दा धरानमा भौतिक संरचना, खेल मैदान तथा खेलाडी उत्पादनमा उल्लेख्य रुपमा सुधार भए पनि अझै पनि सहयोगको खाँचो भएको बताउनुभयो । हाल युकेमा बस्दै आए पनि धरानको बुढासुब्बा गोल्डकपलाई नजिकबाटै नियाल्दै आएको स्पष्ट पार्नुभयो । विगताम खेलाडी खेल खेल्नका लागि मात्र प्रस्तुत भएपनि अहिले फुटबल खेलाडीहरु व्यवसायिक रुपमा खेल्न सक्ने भएको बताउनुभयो ।

उहाँले अहिले पनि राज्यले खेलक्षेत्रमा प्रयाप्त लगानी नगरेको बताउदै धरानमा सञ्चालन भएको एन्फा एकाडेमी समेत सरकारी बजेट अपुग हुदा सहयोगी हातबाट सञ्चालन हुनु विडम्बना भएको बताउनुभयो । लगानीसँगै खेलाडी उत्पादन गर्न राम्रो कोचको समेत आवश्यकता रहेको बताउनुभयो ।

धरानका समग्र खेलकुद विकासका लागि धरानमा जन्मेर कर्मथलो विदेश बनाएकाहरुले निरन्तर सहयोग गर्दै आइरहेका छन् । विगतदेखि नै धरानमा हुने बुढासुब्बा गोल्डकप तथा अन्य खेलकुदलाई सहयोग गर्दै आएको युकेमा बसोबास गर्ने धरानेहरुको संस्था धरान समाज युकेकी बरिष्ठ उपाध्यक्ष चन्द्रकला थेबे लिम्बुले बुढासुब्बा गोल्डक प्रतियोगितालाई निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो ।

यता विगत २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको एन्फा एकाडेमी धरानले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । २०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमीले बालबालिकाहरुलाई प्रशिक्षण दिएर दक्ष खेलाडी उत्पादनमा जोड दिइरहेको छ । यस्ता कार्यक्रमलाई समेत क्लबमा आवद्ध पूर्व खेलाडी, हङकङ, युके लगायतमा बसोबास गर्ने धरानेहरुले साथ र रहयोग गरिरहेका छन ।

मोफसलकै सबै भन्दा पुरानो गोल्डकप बुढासुब्बा गोल्डकप खेलाएर इतिहास बनाएको धरानले एन्फा एकाडेमी मार्फत विगत देखिनै ग्रास रुटबाट खेलाडी उत्पादनमा जोड दिँदै आएको कोशी प्रदेश फुटबल संघक अध्यक्ष किशोर राईले बताउनुभयो ।

उहाँले विगतको जस्तो नभई अब उत्पादन भएका खेलाडीहरुलाई व्यवसायिकरण गर्दै रोजगारीमूलक खेलाडीको रुपमा अगाडि ल्याउन अत्यन्तै जरुरी भइसकेको बताउनुभयो । उहाले आगामी १० बर्षभित्रमा यहाँबाट उत्पादन भएका खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेका कारण सबैले साथ र सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

पछिल्लो समय धरानको फुटबल खेलको विकासका लागि धरान फुटबल क्लबमात्र हैन क्लबका पूर्व खेलाडी, खेलक्षेत्रको विकासमा लागेका धरानेहरु र विदेशमा रहेका धरानेहरुले समेत धरानको खेलकुद विकासमा चासो देखाएका छन । यसले धरानको फुटबल खेलको विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक