समाज

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन जना सम्मानित


धरान: वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ ।
क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभाका अवसरमा समाजले सो सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई, इटहरी–१९ का भानुभक्त वालाहाङ राई र सदस्य बराहक्षेत्र नगरपालिका वडा नं १ लालवस्तिकी देवीमाया राई रहेकाछन् । संस्थाले आयोजना गरेको आन्तरीक वचत कारोवारमा उत्कृष्ठ कारोवार गरेको भन्दै उनीहरुलाई सम्मान गरीएको समाजका सचिव कृपाल सिंह वालाहाङ राईले वताउनु भयो ।
उत्कृष्ठ कार्य गर्नको लागि अरुलाई पनि प्रोत्साहन होस भन्ने उदेश्यले जनही ५ हजारका दरले नगद सहित सम्मान पत्रले सम्मान गरीएको सचिव राईले वताउनु भयो । समाजको केन्द्रीय कार्यालय भोजपुरमा भएपनि सवैलाई सहज हुने भएकोले धरानमा आयोजना गरीएको सचिव राईको भनाई रहेको छ । शेर बहादुर वालाहाङ राईको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि मान बहादुर खाम्लुङ रहेका थिए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले