मनोरञ्जन समाचार

चलचित्र ‘लालीबजार’ को लागि बर्दियाका स्थानीय कलाकारहरूको खोजी

काठमाडौ: चर्चित ब्यानर षटकोण आर्टसले निर्माण गर्ने, चर्चित लेखक तथा निर्देशक प्रदिप भट्टराई कार्यकारी निर्माता रहने, यहि फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लालीबजार’को लागि प्रतिभाशाली स्थानीय कलाकारहरूको खोजी भएको छ ।

षटकोण आर्टसले आज आफनो अफिसियल फेसबुकपेज मार्फत प्रतिभाशाली स्थानिय कलाकारहरुको लागि अवसर भन्दै कलाकार खोजी गरेको छ । आर्टसले अभिनयप्रति रुचि राख्नुहुनेहरुको लागि सुनौलो अवसर भनेको छ । चलचित्रका लगि २० बर्षदेखि ६० बर्ष उमेर समुहको पुरुष कलकार, २२ बर्षदेखि ६० बर्ष उमेर समुहका महिला कलाकार र ७ बर्षदेखि १७ बर्ष उमेर सम्मको बाल कलाकारहरूको खोजी गरेको छ । चलचित्रको छायाँकन बर्दियामा हुने छ । कलाकारको लागि अडिसन बर्दियाको राजापुर स्थित राजापुर रिभरसाईड होटल एण्ड रिसोर्टमा हुने भएको छ ।

सर्वाधिक सफल चलचित्र ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमीकामा रहेको निर्माण टिमले खुलासा गरेको छ । केही समय अगाडी लालीबजार निर्माण गर्न अफिसियल घोषणा गरेको निर्माण टिमले आज चलचित्रको मुख्य कलाकार स्वस्तिमा खडकालाई समेत सार्वजनिक गरेको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

र्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो ।उनले भने,‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित गर्‍यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्‍यौ।’

अब चाडै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ । उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिदै जाने बताउनुभयो । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन पोस्टर तयार पारेको हुन् ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता