मनोरञ्जन समाचार

चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक

काठमाडौ: यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिलिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन । राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर, तक्मे बुढा, रजनी गुरुङ, दिया पुन लगायत सम्पुर्ण कलाकारहरु निर्क जोसीला भएर नाचेका छन । पदम साधना कुलुङ को शब्द तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा पुर्वी नेपालका राई जातीका विभिन्न समुदायको साकेला नाच प्रस्तुत गरिएको छ । गीतमा सुनुवार राई, कुलुङ राई लगायतको भेषभुषा र संस्कृति देखाइएको छ ।

लिम्बु र राई संस्कृतिको सम्मिश्रणलाई ‘मैझारो’ का लेखक तथा निर्देशक विल्सन बिक्रम राईले गज्जवले प्रस्तुत गरेका छन । मैझारो निर्देशक विल्सन बिक्रम राई तक्मेकै लेखन तथा निर्देशनमा बनेकोले नेपालको पूर्वी पहाडी जिल्लामा रहेको जनजाति समुदायको रहन सहन, कला संस्कृति, रितिरीवाज र दैनिक जिवनको कथा प्रस्तुत गर्ने छ । चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीतमा राजेश पायल राईको स्वर रहको छ ।‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सौरभ लामाले खिचेका छन । ‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङलगायत कलाकारहरूको अभिनय छ भने दयाहाङ राई विशेष भूमिकामा देखिनेछन् । चलचित्र यहि कार्तिक ७ गते भाईटिकाबाट प्रदर्शनमा आउने भएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता