समाज

धरान–१३ मा स्थानीयको टोल सुरक्षा अभियान सुरु, ‘फुस्रे समाज’ को अगुवाइमा समिति गठन

धरान उपमहानगरपालिका वडा नम्बर १३ मा नागरिक स्वयंम आफ्नो टोलको सुरक्षा गर्न सडकमा उत्रिएका छन् । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन प्रश्चात देखिएको असुरक्षालाई मध्यनजर गरी धरान पमहनगरपालिका वडा नं. १३ मा गठन भएको फुस्रे समाजले आफ्नो वडा, टोलमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा समिति नै गठन गरेका छन् । फुस्रे समाजका अध्यक्ष महेन्द्र प्रधान मूल संयोजक रहेको सो समितिमा टोल टोलमै संयोजक तोकेर आफ्नो सुरक्षा आफै गर्ने अभियानमा जुटेका हुन् ।
पछिल्लो समय व्यक्तिलाई तार्गेट गरेर व्यक्तिको घर तोडफोड गर्ने, धन सम्पत्ति लुटेर लाने लगायतका घट्नाले प्रश्रय पाएसँगै यस्ता कार्यलाई निस्तेज पार्न यो समिति गठन गरिएको समाजमा अध्यक्ष एवम सुरक्षा समितिका संयोजक महेन्द्र प्रधानले जानकारी दिनुभयो।

उहाँका अनुसार अनिल साही, जयकुमार श्रेष्ठ फुस्रे चोक, सञ्जिव श्रेष्ठ, जनजागृति चौक, उदय श्रेष्ठ सूर्य मार्ग रहेका छन् । उनीहरुलाई स्थानीयहरुले सहयोग गर्नेछन् । यो टोलमा कुनै प्रकारको घट्ना भएको खण्डमा तोकिएको संयोजकले अन्य संयोजकलाई गर्ने, अन्य संयोजकले टोलमा भएका अन्य व्यक्तिहरुलाई खबर गर्ने, एकजनाबाट दुई, दुईबाट चार, चारबाट आठ गर्दै सूचना दिने र स्थितिलाई नियन्त्रणमा लिने काम सुरक्षा समितिले गर्ने बताउनुभयो ।

धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको अगुवाईमा टोल सुरक्षा समिति गठन गरिएको हो । सो अवसरमा बोल्दै वडाध्यक्ष काफ्लले जेनजीको आन्दोलनको फाइदा उठाउँदै अराजक समूहले व्यक्तिका सम्पत्तिलाई निशाना गरेर सम्पत्ति जलाउने, तोडफोड गर्ने, चोरी गर्ने लगायतका घट्ना बढेका कारणलाई जेनजीको अन्दोलनपश्चात प्रहरी प्रशासनले सुरक्षा दिन नसकिरहेको अवस्थामा आफ्नो टोल आफै सुरक्षित बनाऔ भन्ने अभियानका साथ गठन भएको यो समिति समय सान्दर्भिक भएको बताउनुभयो । दशै नजिकिदै जाँदा हुने सम्भावित घट्नामा आफू सुरक्षित भएको हुदा समिति गठन गरिएको जनाइएको छ । सुरक्षा निकायबाट यो विसम् परिस्थितिमा सुरक्षाको प्रत्याभूति हुन कठिन भएकोले आफू सुरक्षित हुन यो मात्र दरिलो माध्यम भएको समितिमा रहेका सदस्य तथा स्थानीयहरुले बताएका छन् । सो अवसरमा उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्तिसँगै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले