शिक्षा

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्रथम भएको कलेजको दावी


धरान: धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्लाकै उत्कष्ट भएको कलेजले दावी गरेकोेछ ।
त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी तामाङ्गले ८३.८ प्रतिशत अंक ल्याई सुनसरीकै उत्कृष्ट भएको कलेजले दावी गरेको हो ।

कलेजबाट परिक्षा दिएका ६३ मध्ये ८३.८ अंक ल्याउदै तामाङ्गले जिल्ला कै उत्कृष्ट भएको कलेजले जनाएको छ ।
हालै प्रकाशित नतिजा अनुसार सुनसरी जिल्लाका कलेजहरुबाट कसैले पनि ८३.८ प्रतिशत नतिजा ल्याएको जानकारी नगराएको हुदा अरुले सो अंक भन्दा माथिको नतिजा ल्याएको दावी नगरेसम्म आफ्नो कलेजको विद्यार्थी जिल्लाकै प्रथम भएको कलेजका उप–प्राध्यापक विशाल श्रेष्ठले दावी गरेकाछन्।

श्रेष्ठले दिएको जानकारी अनुसार ६३ जनाले परिक्षा दिएकोमा ४१ जनाले उत्तीर्ण गरेकाछन् ।
यस वर्ष चौथो वर्षमा ६६ प्रतिशत विद्यार्थीहरुले सफलता हासिल गरेका छन्।

समय व्यवस्थापन, कडा मिहिनेत, समयमै तयारी, अनि घरमा आमाको साथ र हौसला नै आफ्नो सफलता रहेको स्मिताको भनाई रहेको छ । स्मितासँगै कलेजबाट दुई जनाले बिशिष्ट श्रेणी ल्याएका छन्।

कलेजबाट इशा वर्नवालले ८०.४ प्रतिशत र मार्टिन बराइलीले ७५.८ प्रतिशत अंक ल्याउन सफल भएकाछन्।
इशा वर्नवालले रोजगारी गर्दै पढ्दा पनि दरिलो आत्मविश्वास र कलेजको साथ–सहयोगका कारण सफलता प्राप्त भएको बताइन्।

यता ७५.८ प्रतिशत ल्याएका मार्टिन बराईलीले कक्षामा बढी फोकस गर्ने र परीक्षाको समयमा अझ संवेदनशील भएर पढ्ने बानीले सफलता प्राप्त भएको वताएका छन।

सिटी कलेजबाट यस अघि पनि महेश अग्रवाल दुइपटक पूर्वाञ्चल प्रथम भएका थिए भने प्रेरणा पराजुलीले पनि पूर्वाञ्चल प्रथम भएकी थिइन । महेश हाल सिटी कलेजमानै पढाउदै आएकाछन् भने प्रेरणा अष्ट्रेलियामा कार्यरत रहेकीछिन् ।

बिशिष्ट श्रेणी ल्याएका स्मिता तामाङ र मार्टिन बराईलीलाई क्याम्पस प्रमुख खड्ग विक्रम सिंह कार्की, उप–प्राध्यापक विशाल श्रेष्ठ र प्राध्यापक लोक श्रेष्ठलगायतले खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई