
काठमाडौ: सुपरहीट चलचित्र “पुर्णबहादुरको सारंगी” का लेखक तथा निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “कोशेढुङ्गा” को ट्रेलर रिलिज भएको छ । रिलिज भएको ट्रेलरमा प्रेम, अभाव, पारिवारीक झमेला र पिडालाई गज्जवले प्रस्तु गरिएको छ । जसरी “पुर्णबहादुरको सारंगी” हेरेर दर्शकहरु रोएका छन, त्यसैगरी “कोशेढुङ्गा” मा दर्शक रुने पक्का छ । गाउँमा भएको प्रेमलाई अभावले असफल बनाएको छ । वच्चा नहुदा एक बुहारीले भोग्न परेको पिडा झन कमको छैन । सुपरहिट चलचित्र पुर्णबहादुरको सारंगीबाट आफुलाई अव्वल र सफल निर्देशको परिचय दिएका सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’ नेपाली चलचित्र बजारमा एक अर्को ‘कोशेढुङ्गा’ सावित हुने तयारीमा छ ।काठमाडौ
नरदेवी फिल्मस र सारंगी फिल्मसको सहकार्यमा बनेको ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायतको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रककै इतिहासमा भदौ १२ गते पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने तयारी रहेको छ ।यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रककै इतिहासमा भदौ १२ गते पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने तयारी रहेको छ ।