
उदयपुर: हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७ औं एकल कमेडी शो” आइतबार उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ। राईको हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारको गायन तथा नृत्य कार्यक्रमसहित सम्पन्न कार्यक्रममा दर्शकहरूको उत्साजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगर रहेका थिए। कलाकार राईको प्रस्तुतिले दर्शकलाई मनोरन्जन सहित हसाएका थिए। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभो स्मृति कोष” मार्फत विपन्न, असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने राईले जानकारी गराए।
प्रमुख अतिथि बुर्जा मगरले राईको सामाजिक भावनाप्रति प्रशंसा गर्दै निरन्तर सामाजिक कार्यमा अगाडि बढन आग्रह गरे।
कार्यक्रममा स्थानीय कलाकारहरु सन्जिता बिक, बिपना शर्मा, सरोज अर्पण राई, वहार चाम्लिङ, बिबेक राई लगायतले गीत प्रस्तुत गरे भने अन्य कलाकारहरुले नृत्यमार्फत प्रस्तुत गरेका थिए।
सो अवसरमा समाजसेवी सुनिता रेग्मी राई, पर्यटन व्यवसायी सङ्घ उदयपुर अध्यक्ष डेबिट बस्नेत, गोरखा ब्रुअरी प्रा.लि.का उदयपुर प्रतिनिधि प्रकाश खत्री, उदयपुर कलाकार समाज अध्यक्ष अशोक सिवा लगायतको उपस्थिति थियो।रश्मि राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिर्थ कार्की र रन्जना कार्कीले सञ्चालन गरेका थिए।