
धरानमा रहेर नेपाली चलचित्रहरुमा सकृय हुदै आएकी बालकलाकार नमिक्षा मगरले अभिनय गरेको म्युजिक भिडियो रोधीघर सार्वजनिक भएको छ । पछिल्लो समयको ब्लकवस्टर चलचित्र “अञ्जिला” बाट चर्चामा आएकि बालकलाकार नमिक्षा मगर को यो डेव्यु रहेको म्युजिक भिडियो हो ।
मगर जातीमा नाचीने सांस्कृतिक नृत्य कौडा नृत्य रोधी भाकामा तयार पारिएको “रोधीघर” बोलको गीत नमिक्षा मुख्य भुमीकामा देखिएकिछिन । नमिक्षाको जोडीको रुपमा एनोभ गुरुङ छन । म्युजिक भिडियोमा सुमिन गुरुङ, सिवु पाण्डे र चाहाना मगर पनि फिचर रहेका छन । साहिल लिम्बु र रोजीना बस्नेतको आवाज रहेको गीतको भिडियो निर्देशन भने विजय मगरले गरेका छन । गुरुङ र मगर समुदायमा गाइने रोधीमा भेटिएका सोल्टी र सोल्टीनीको भेटलाई निर्देशकले गज्जवले प्रस्तुत गरेका छन ।
नमिक्षाको अभिनय चलचित्रहरुमा झै निकै राम्रो गरेकीछिन भने, डान्स पनि उत्तिकै गज्ज्व गरेकी छिन उनको अपोजिटमा रहेका एनोभको प्रस्तुती पनि जो कोहीलाई मन पर्नेछ । पदम साधना कुलुङको शब्द रहेको गीतमा साहिल स्वयंमको संगीत रहेको छ । सनम तामाङ्ग र टिमले खिचेको भिडियोलाई सनमले सम्पादन गरेका छन । गीतको कोरीयोग्राफी भने सन्जिला र सुमीत्राले संयुक्त रुपमा गरेका छन ।