
चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अध्यक्ष डा. अरुण कुमार सिंहले प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई भेट गर्दै उपकुलपति पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।
यसै क्रममा आज अध्यक्ष डा. अरुण कुमार सिंहले प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रत्यक्ष भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका हुन। भेटवार्तामा प्रतिष्ठानको शैक्षिक, स्वास्थ्य सेवा र अनुसन्धानका आगामी प्राथमिकताहरूबारे पनि विचार–विमर्श भएको थियो।
प्रा. डा. श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानले शैक्षिक, स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै, स्वास्थ्य शिक्षाको गुणस्तर र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन उहाँको कार्यकाल महत्वपूर्ण हुने आशा गरिएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान मुलुककै एक अग्रणी चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदायक संस्था हो। यस संस्थामा प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणले नयाँ नेतृत्वसँग उच्च अपेक्षा राखेका छन्।