शिक्षा

शिक्षक अभिभावक संघ र आमा समूहलाई स्वागत


इटहरी: इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।

शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डागी नेतृत्व समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गरेका हुन् । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै, दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको निवर्तमान समितिका पदाधिकारीलाई पनि विदाई गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्कीले विद्यालयको शिक्षाको अभिवृद्दिका लागि समाजका सवै क्षेत्रका अगुवाको भूमिका हुने बताए । कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक यमूना बस्नेतले स्वागत मन्तब्य राखेकी थिइन् ।
सोही कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२–८३ का लागि दुरदृष्टिसहित वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आय तर्फ अनुमानित १३ करोड २ लाख २२ हजार २४७ रुपैयाँ र खर्चतर्फ १२ करोड ८७ लाख ५१ हजार ३८२ रुपैयाँ प्रस्तुत गरे । राष्ट्रिय माध्यमिक विद्यालयले अघिल्लो वर्षदेखि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, मानव संसाधन, शैक्षिक गुणस्तर वृद्दि, सूचना प्रणालीलगायतका ६३ बुँदे कार्यक्रम वार्षिक नीति तथा कार्यक्रममा समेटिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई